प्रेम ओली ढकलपुरेमगेत्रीलाई पत्र
म परेँ भोला
तर तिमी बमगोला
भन त प्रिय बिहेपछि
हाम्रो जीवन कस्तो होला ?
म परेँ सादा समोसा
तिमी चटपटे छोला
म सादा पानी
तर तिमी कोकाकोला
भन त प्रिय बिहेपछि
हाम्रो जीवन कस्तो होला ?
तिमी पर्यौ धार्नीको
म त जाबो तोला
म परेँ सानो कुलो
तर तिमी खहरे खोला
भन त प्रिय बिहेपछि
हाम्रो जीवन कस्तो होला ?
म परे चिट्के बन्दुक
तर तिमी बारुद गोला
भन त प्रिय बिहेपछि
हाम्रो जीवन कस्तो होला ?
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































