साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवको १५ औं वार्षिकोत्सव

Nepal Telecom ad

२०५८ फागुन २५ गते चामुण्डा उच्च मा.वि. मा गरिएको कवि गोष्ठीबाट आरम्भ गरिएको अभिनव साहित्य समाज जोरपाटीले १४ वर्ष पूरा गरी १५ औं वार्षिकोत्सव कविता वाचन, पुरस्कार तथा सम्मान अर्पण गरी मनायो ।

कार्यक्रमका प्रमुख अतिति प्राज्ञ दिनेशराज पन्तद्वारा यस वर्षको अभिनव गजल पुरस्कार कथाकार प्रकाश बस्नेत गफाडीलाई दिइयो भने बाजुराम पौडेल र निर्मल अर्याललाई अभिनव सम्मान अर्पण गरियो ।

कार्यक्रममा क्रमशः विशाल खड्का, हेमन्त शिशिर, शालकराम अधिकारी, सरस्वती ढुंगाना आँसु, दिनेशकुमार संग्रौला, सुमन पुडासैनी, गीता खनाल, गोविन्द नेपाल, चण्डिकराज तामाङ, कुसुम शर्मा, रत्ननिधि रेग्मी शुक्राचार्य, नकुल चापागाईं, शैलेन्द्र श्रेष्ठ, लक्ष्मण खतिवडा, विष्णा विरही, शिवराम खड्का, घनश्याम प्रसाईं, आभा खतिवडा, विष्णु थापा विछोड, विमला देव, सुदेश सत्याल, रुद्र अधिकारी, उर्मिला पन्त, मेनका पोखरेल, कीर्ते पौडेल, उदास कार्की, ईच्छाराम थापा, पुण्य गौतम, डा. शेषराज आचार्य, अदीप्त प्रकाश, दुर्गा दाहाल, जनार्दन अधिकारी, शारदा पराजुली र परशुराम पराशर आदिले कविता, गीत, गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विमल अर्यालले स्वागत, परशुराम पराशरले समीक्षा र शारदा पराजुलीले उद्घोषण गर्नुभएको थियो । समाजका अध्यक्ष श्री वेदमणिको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x