सुलसुलेनारी दिवसमा कवि गोष्ठी
प्रत्येक महिनाको अन्तिम विहिबार गरिने मानव अधिकार तथा शान्ति समाजको ४२ औं शान्ति काव्य यात्रा यसपल्ट ८ मार्च अर्थात् नारी दिवसको सन्दर्भमा गत फागुन २७ गते समाजको वाचनालयमा सम्पन्न भयो । रेणुका पौडेलद्वारा सञ्चालित कार्यक्रममा कविता, गीत, गजल वाचन गरिएका थिए ।
कार्यक्रममा क्रमशः मुकुन्द नेउपाने, त्रिपुरा पौडेल, रामचन्द्र दाहाल, डिल्लीप्रसाद मूलतिहुन, पूर्णविराम, मदन कार्की, रुद्र अधिकारी, साधना प्रतीक्षा, भाग्यशाली अधिकारी, रश्मि रिमाल, उमेश पाण्डे, रत्ननिधि रेग्मी शुक्राचार्य, ओमप्रकाश कोइराला, प्रभाकर पाण्डे, मधु पोखरेल, विष्णा विरही, प्रेम ओली, दिनेशकुमार संग्रौला, रामेश्वरी पन्त, विजयध्वज थापा, निर्मला रेग्मी, सीता बिष्ट, द्वारिका अन्जान, तारा के.सी., मेनका पोखरेल, गंगा खड्का, शान्ता पोखरेल, उर्मिला पन्त, कुसुम शर्मा, जसध्वज गुरुङ, सुनीता सापकोटा, चन्द्रश्री कार्की, विजय विश्वास, ऋचा, पुण्य गौतम विश्वास, दुर्गा वनबासी, शान्ति सापकोटा, इन्दु अंशु, कृष्ण कँडेल, रामबहादुर पहाडी, ज्ञानुवाकर पौडेल र कृष्ण पहाडी लगायत ४२ जनाले कविता, गीत, गजल वाचन गरेका थिए ।
– शुक्राचार्य
Subscribe
Login
0 Comments
Oldest











































