पेशलका स्पेसल ठोक्तक– १३
१. शिक्षा
नेपालको सरकारी शिक्षा उजाडिएको डाँडो भो
पार्टीका भाँड र भतुवालाई जागिर खाने भाँडो भो
प्रत्येक वर्ष स्तर झरेको छ झरेको छ,
कसैले ठेगान नलगाउने यो कस्तो घाँडो भो ।
२. उजुरी
निरङ्कुशताले निकै लामो समय हामीलाई दप्कायो,
दिशाहीनताले पनि डरलाग्दो गरी हप्कायो,
महङ्गीले त छ्याप्पछ्याप्प गरेरै छप्कायो,
जब सजिलोसँग
बाँच्ने वातावरण आएको थियो खुसीहरू अरुले नै चप्कायो,
खुसी खोसिएको उजुर कस्ले पो सुन्ने हो ?
इच्छा लुटिएको उजुर कस्ले पो लिने हो ?
३. रहर
एउटा रहर अरब पसेको छ
घरखेतमै लुट्पुटिएर
अर्को रहर व्यवहारमै फँसेको छ,
रहरलाई रहरमै राखेर
तेस्रो रहर सहरमा बसेको छ
आँसुको पोखरीमा पौरी खेल्दै
चेलीको रहर वेश्यालयमा खसेको छ ।
४. वास्तविकता
सामथ्र्य उस्ताको उस्तै छ
आवश्यकताले सगरमाथा छोइसक्यो,
महङ्गीको दुन्दुभी सुनेर
यहाँ हरेकको जीवनै रोइसक्यो ।
मन्थली, रामेछाप