साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब प्रभु

Nepal Telecom ad

एक पटक एउटा स्यालले
भगवानलाई भन्यो
प्रभु मलाई
स्थानिय भए पनि नेता बनाइ देऊ
सकिन्छ भने नगरको
नभए गाविसको टिकट दिलाइ देऊ
प्रभुले पनि माथिका नेतालाई
उसको कुरो जनाइ दे
नभन्दै गाविसको अध्यक्ष बनाई दे ।

फेरि स्याल
प्रभुको पाउमा घपलक्क प¥यो
अर्को बिन्ती ग¥यो
गाविसको अध्यक्ष पनि भएँ
जिविसको सदश्य पनि भएँ
अब प्रभु सभासदको टिकट दिलाई देऊ
जसरी हुन्छ यसपालीको चुनाब जिताइ देऊ
प्रभुले फेरि तथास्तु गरी दिए
सभासद पद पोल्टो भरी दिए ।

सभासद त भए प्रभु
तिम्रो शक्ति खनाइ देऊ
मन्त्री बन्ने मेरो पुरानो इच्छा हो
अब कसरी हुन्छ मन्त्री बनाइ देऊ
फेरि स्यालले बरदान माग्यो
प्रभुले तथास्तु भने पछि रमाउँदै भाग्यो ।

एक दिन फेरि स्याल प्रभुको पाउमा प¥यो
अन्तिम इच्छा भन्दै बिन्ति ग¥यो
मन्त्री पद पनि समाएँ
टन्न धन पनि कमाएँ
दुई चार महिना भए पनि प्रधानमन्त्रीमा परें
मोज मस्तीमा पनि सके जति सबै गरें
अब नयाँ कुरा बन्नु छ
प्रभुलाई अब यही कुरा भन्नु छ ।

त्यस दिन त स्यालले अनौठै ग¥यो
न पाउमा प¥यो न ढोग ग¥यो
नमस्कार गर्दै भन्यो
दाम पनि कमाएँ प्रभु
नाम पनि कमाएँ
जनताको लागि केही गर्छु भन्दै
राष्ट्रकै बागडोर समाएँ
अब हजुरलाई एउटा कुरा भन्नु छ
मलाई पनि प्रभु जस्तै नै बन्नु छ
हजुर बुढो पनि हुनु भयो होला
मलाई हजुरको उत्तराधिकारी बनाइस्योस
अब मलाई पनि हजुरकै कित्तामा जनाइस्योस ।

प्रभुले भने– हेर मनुवा
मानव बनाएँ भनेको त
तिमी त दानव पो भएछौ
जालन्धरसम्म हुँदा त ठिकैथ्यौ
तिमी त भष्मासुर पो रहेछौ
तिमी जस्तै तिम्रै देशका नेता
धेरै स्वर्गमा आका छन्
कसैले सरस्वतीजीको कसैले कालीको
पेटीकोट धोका छन्
लक्ष्मीजीकोमा जागिर खाली पनि छ
अब आशिस दिन्छु तिमी त्यतै जानू
तिमीलाई सुहाउने
त्यहाँ भष्मासुरकी साली पनि छ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x