साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोली र गोली दुबै

Nepal Telecom ad

आफ्नो दोष लुकाउने तर सधैँ आदर्श छाँट्ने जन
हुन्छन् बाहिर मात्र सुग्घर सधैँ कालो छ भित्री मन ।
आफू मात्र ठुलो भनेर दुनियाँ गर्ने ‘मपाईँ’ खुबै
फिर्ता हुन्न प्रहार भो यदि कतै बोली र गोली दुबै ।।

’मेरो यो बढिया’ भनेर सजिलै, देखाउँछन् खोट जो
देख्ता उन्नति बन्धुको नसहने खप्छन् तिनै चोट यो ।
अर्काको गुणगान गर्न नसकी भो आत्मश्लाघा खुबै
फिर्ता हुन्न प्रहार भो यदि कतै बोली र गोली दुबै ।।

मेरो हो घर भन्छ बाहिर ठुलो पर्खालले छेक्दछ
मान्छे त्रस्त रहन्छ भित्र कसले पीडा व्यथा देख्दछ ।
अग्लो हुन्छ ‘कुटी’ भनिन्छ घरका चर्चा सुनिन्छन् खुबै
फिर्ता हुन्न प्रहार भो यदि कतै बोली र गोली दुबै ।।

माटोमा पसिना चुहाउन सधैँ तर्सेर भाग्नेहरू
ती नै उर्वर भूमि मालिक बने के न्याय खोज्ने अरू ।
गर्छन् काम खटेर जो दिनदिनै भोका र प्यासा खुबै
फिर्ता हुन्न प्रहार भो यदि कतै गोली र बोली दुबै ।।

साझा देश बनाउँछौँ सब मिली भन्थे सबै शासक
‘हाम्रा’ को पहिचानले कहलिए साह्रै ठुला लेखक ।
बिक्छन् सुन्दछु आजभोलि सहजै पैसा र चोली दुबै
फिर्ता हुन्न प्रहार भो यदि कतै बोली र गोली दुबै ।।

छोटो जीवनमा ‘पढी’ कम सिकेँ भोगेर ज्यादा सिकेँ
‘सत्ता’, ’शासक’को प्रदक्षिण गरी लेख्नेहरू पो बिके ।
‘राम्रो’ अन्तिमसम्म टिक्दछ, यही भन्थे बुबाले खुबै
फिर्ता हुन्न प्रहार भो यदि कतै बोली र गोली दुबै ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x