आर.आर. चौलागाईंतिमी र म
तिमी पाताल भन्छौ
म आकाश भन्छु
तिमी औँसी भन्छौ
म पूर्णिमा भन्छु
तिमी पतझड भन्छौ
म वसन्त भन्छु
तिमी बगर भन्छौ
म नदी भन्छु
अनि कसरी मिल्छ
तिम्रो र मेरो कुरा ?
तिमी काँडा भन्छौ
म गुलाफ भन्छु ।
तिमी पश्चिम भन्छौ
तिमी कालो भन्छौ
म सेतो भन्छु
तिमी मृत्यु भन्छौ
म जीवन भन्छु
तिमी कोलाहल भन्छौ
म शान्ति भन्छु
अनि कसरी मिल्छ
तिम्रो र मेरो कुरा ?
तिमी फेसन भन्छौ
म दर्शन भन्छु ।
तिमी भनसुन भन्छौ
म स्वाभिमान भन्छु
तिमी झिलिमिली भन्छौ
तिमी सहर भन्छौ
म गाउँ भन्छु
तिमी रगत भन्छौ
म पानी भन्छु
अनि कसरी मिल्छ
तिम्रो र मेरो कुरा ?
तिमी सिलाबर भन्छौ
म फलाम भन्छु ।
तिमी भोजन भन्छौ
म भोक भन्छु
तिमी पिज्जा भन्छौ
म रोटी भन्छु
तिमी मस्ती भन्छौ
म आनन्द भन्छु
तिमी रक्सी भन्छौ
म दूध भन्छु
अनि कसरी मिल्छ
तिम्रो र मेरो कुरा ?
तिमी पिँजडा भन्छौ
म आँगन भन्छु ।
तिमी भगवान भन्छौ
म मानिस भन्छु
तिमी धर्म भन्छौ
म विचार भन्छु
तिमी परलोक भन्छौ
म भविष्य भन्छु
तिमी पूजा भन्छौ
म सेवा भन्छु
अनि कसरी मिल्छ
तिम्रो र मेरो कुरा ?
तिमी पर्खाल भन्छौ
म संसार भन्छु ।
तिमी हेलो भन्छौ
म नमस्ते भन्छु
तिमी गुड मर्निङ भन्छौ
म शुभ प्रभात भन्छु
तिमी गुड नाइट भन्छौ
म शुभ रात्रि भन्छु
तिमी हाउ आर यु ? भन्छौ
म सन्चै हुनुहुन्छ ? भन्छु
अनि कसरी मिल्छ
तिम्रो र मेरो कुरा ?
तिमी मिस यु भन्छौ
म नियास्रो लाग्यो भन्छु ।
तिमी कुलो भन्छौ
म समुद्र भन्छु
तिमी बन्दुक भन्छौ
म कलम भन्छु
तिमी झार भन्छौ
म दुबो भन्छु
तिमी एकलौटी भन्छौ
म समानता भन्छु
अनि कसरी मिल्छ
तिम्रो र मेरो कुरा ?
तिमी परदेश भन्छौ
म देश भन्छु ।
तिम्रो बाटो फरक
मेरो बाटो फरक
तिम्रो विचार फरक
मेरो विचार फरक
तिम्रो हिँडाइ फरक
मेरो हिँडाइ फरक
तिम्रो आस्था फरक
मेरो आस्था फरक
अनि कसरी मिल्छ
तिम्रो र मेरो कुरा ?
तिम्रो लक्ष्य फरक
मेरो लक्ष्य फरक ।
हेटौँडा– ४, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest







































