साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– १५

Nepal Telecom ad

१. पोखरा
फेवको घुम्टोमा पसेर
माछापुच्छ्रे साइँदुवा भएको छ,
भित्र्याएर सेतीलाई पीडको दहमा
पोखरा मौन भाकामा खूब रोएको छ ।

२. प्रजातन्त्र
एकातिर, प्रजातन्त्रको भात छड्कीरहेको छ,
अर्कोतिर, नारा ओइरिएर सडक पड्कीरहेको छ,
डाडुपन्यौ हुनेहरू मख्ख छन् यहाँ
जनता खलाँतीजस्तो पेट लिएर
भोकभोकै झुत्राहरूमा तड्पीरहेको छ ।

३. अभिवादन
एकातिर,
कारैकारको ट्राफिक जाम छ ।
अर्कोतिर,
ढाकरै ढाकरको उरुङ् लाम छ ।
भनाइ र गराइमा फरक देखियो ए ! प्रजातन्त्र !!
तेरो वी.पी.लाई ‘जयनेपाल’ र
पुष्पलाललाई ‘लालसलाम’ छ ।

४. धेरै भए
यहाँ,
नीतिभन्दा नेता धेरै भए
टाउकाभन्दा फेटा धेरै भए
पुस्तकभन्दा गाइड धेरै भए
प्राविधिकभन्दा साइड धेरै भए
अन्नभन्दा घुन धेरै भए
कानभन्दा सुन धेरै भए
गुनभन्दा बैगुन धेरै भए
त्यसैले,
जागिरभन्दा भनसुन धेरै भए ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x