साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शाली नदीको किनारबाट

Nepal Telecom ad

नदी अझै बगिरहेको छ पानी बोकेर
शिरमाथि रातो गाम्चा ओढेर
नदीलाई गरिएको हो अनुरोध–
बलेका बात्तीको उज्यालो, फूल र श्रद्धा पुर्याउन
र पूरा आयुको आशिष मागिदिन भगवानलाई ।
सय रोटी, सय नैवेद्य, सय थरी फूल छुट्याउँदा
पतिलाई, छोरालाई अथवा मित छोरालाई
गहिरो थियो आस्था ।
ठ्याक्कै प्रार्थनाको ७२ दिनपछि
अर्थात् २०७२साल बैसाख १२ गते मध्यान्ह
धडधडायो धरती ।
छरियो घर आफ्नै आँखाअघि
उछिट्टिएर घरबाट
लडे बाबु र छोरी नदी किनारमा
कान्लामा अडिए सासू र ससुरा
हेर्दाहेर्दै निर्जीव भए प्रियजनहरू
पहिरो भएर लड्यो घर
छ छैन माथ्लो वस्तीका गुरुङ केटासँग
हिमालपारि यार्सा टिप्न गएको छोराको सास !
आफूमात्रै खन्दाखन्दै बारी
एक्लै छुटिगई जमुना ।
साँझपख–
चिच्याइरहेका छिमेकीहरू,
अर्धचेतमा बडबडाइरहेका बृद्धबृद्धाहरू
भोको पेट र निस्ता आँखाले बितिसकेका
अभिभावकका शवका छेऊमा रहेका नानीहरू
धडधड धररर धडधड कामेको धरती
झमझम वर्षिरहेको आकाश
र छियाछिया फाटिरहेको हृदय छ थपेनी जमुनासँग
गोर्खामै थियो राजा पृथ्वीको दरबार जो चर्कियो
देवी मनकामनाको मन्दिर जो ढल्कियो ।
गोरखामै गयो पहिरो
र पहिरोले छोडिगयो ७५ वर्षे गुरुङ सुकमायालाई
वर्षभरिलाई छ एक डालो गहुँ
खोई कता छ मल्हम !
उनको छातीमा गएको छ पहिरो
भोक छैन, तिर्खा छैन
छातीभि…त्र मुटुमा
पहिरोसँगै पुरिएर हराइरहेकी
कान्छी छोरीको मायाको बाढी छ सुकमायासँग ।
हराइरहेछ नेवार बस्ती लुभूमा
सबै गुमाएर एक्लै बाँच्न विवश
दसवर्षे स्नेहा ख्याजुको चोट र
तीन दिन पुरिएर बाँचे पनि छट्पटाइरहेकी
अपाङ्ग चण्डेश्वरी गाइजूको पीडा छ भक्तपुरसँग
बारपाक पहिरो, भोक, हुरी र झरीमा पर्खिरहेछ– स्नेह
नेपाली युवा, सेना, प्रहरी र सशस्त्र बल
भग्नावशेषमा खोज्दा छन् मानिसहरूको जीवन
डरलाग्दो भो तातोपानी, लाप्राक र न्युरोडको साँझ पनि
भत्किएर मानिस पुरिरहेछन्
सिन्धुपाल्चोक, दोलखा र भोताङका भित्ताहरू
आहत् छन् पानीको प्यासले लार्के गाउँ र बगाङ गुम्बा
खस्यो हिमालयन जाभा छेउको सेतो दरबार पनि
चिरिए बाटाहरू आधुनिक प्रेमको दरारजस्तो
डर छ त्रास र करुणा छ सँगै ।
सिंगै मैदानमा सैनिक घरको
बिस्कुन छ प्रियजनका शवहरूको
भयङ्कर भूकम्प पुनरागमनको
निराकार हल्लाकोपछि कहाली जमेको छ
रत्नपार्क, सैनिकमञ्च, च्यासल र खुलामञ्चभरि
जमेका छन् आँखाहरू ।
अझै कहिलेसम्म पर्खिरहन्छन् मानिस
पराकम्पनहरू ? !
खुसी छ कतै कि
राष्ट्रपति पनि पालमा छन्
मन्त्री पनि घरबाहिर छन्
मनोरञ्जन छ कतै कि
आफ्नै महलसँग डराएर सडकमा आएका छन् धनीहरू
तिनको करोडौंको सम्पत्ति जोखिममा छ ।
चर्चा छ जुद्ध समशेरका भाषणको–
पालमा बसेका जनतालाई टुँडिखेलमा हेरेर
टोल्हाइरहेछ दौँडदो कालो घोडाको राणा मन्त्री
बाँकी सबैतिर छ शोकको व्याप्ति
हिँड्दा हिँड्दैको गन्तव्य रोकिएको छ
तर
सग्लै छ स्वयम्भूको लिच्छवीकालीन चैत्य
भक्तपुरको मल्लकालीन न्यायतपोल दरबार
उभिएकै छ कृष्ण मन्दिर
सग्लै छन् पशुपति नाथ र बुढानिलकण्ठ
बसन्तपुरको कुमारीघर
दोलखामा दुरुस्तै छन् भीमसेन मन्दिर ।
नढलेका घर, नबिग्रेका बाटा र नलडेका भीरहरू छन् अझै ।
कुच्चिएका भाँडा सोझ्याउँदै छिन् सि.पा. तिम्बूकी डोल्मा
भोकाहरूलाई पाउरोटी चिया बाँड्दैछिन्
इमाडोलकी चियापसले कमला दिदी
जीवित छन् दुई करोड उनान्सय लाख नब्बेहजार मानिस ।
भूकम्पले बेस्मारी हल्लाउँदा पनि
पश्चिमी दोहोरी भाकाले
चर्लक्कै बिताइदियो चुहुँदो झरी च्यासलको चहुरमा
बरखी बारिसकेर दिवङ्गत आफन्तको–
बर्खा स्याहार्न थाल्दै छन् किसानहरू ।
मुक्ति लिँदै छ देशले ‘सिभियर मायोपेथी’ बाट ।
रोकिएको छैन शालीनदी
थाकेको छैन देशको काँध
अग्लो छँदैछ दृढता
आत्मविश्वास हो हाम्रो धरहरा
फेरि रङ्गाउँदै सेता फूलहरू
उभ्याउन सक्छौँ प्रेमको सगरमाथा ।

00

भोताङ : रसुवा र सिन्धुपाल्चोकको जोड्ती
लार्के : सिन्धुपाल्चोकको लार्के र इन्द्रावती नदीको बीचको सामान्य मनसुनमा समेत सम्पर्क गर्न कठिन हुने गाउँ
बगाङ : सिपाकै गुम्बा
सिभियर मायोपेथी : थिचिएर हलचल गर्न नसक्ने भएको मांशपेशी

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आँधी

आँधी

मिश्र वैजयन्ती
बाघले आगो खाएपछि

बाघले आगो खाएपछि

मिश्र वैजयन्ती
एकतारे वाद

एकतारे वाद

मिश्र वैजयन्ती
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x