प्रेम ओली ढकलपुरेटुक्राटाक्री– २
१) कन्यादान
सात फेरा लाए पछि
उड्ने सबको हाँसो
खुकुलो पार्न खोज्यो भने
कसिने झन पासो
ससुराले बा दिएको यो
ज्वाई साहेवलाई नासो ।
२) सन्धिपत्र लेखेपछि
दाजु भन्छु भन्दा भन्दै
आफै साइनो फेर्यौ किन
सिदा नजर लाउँदा लाउँदै
बाङ्गो नजर हेर्यौ किन
गोप्य कुरा छँदै थियो
आफै मान्छे खेर्यौ किन
सन्धिपत्र लेखेपछि
आफै फेरि केर्यौ किन ?
३) मुक्त पसिना
भोको पेट खुवाउनलाई
आटो भेटिएन
मुक्त पसिना चुहाउन
माटो भेटिएन
फुलहरु सजाउनलाई
पाटो भेटिएन
नाङगो सरिर लुकाउनलाई
लुगाफाटो भेटिएन
घरको छानो छाउनलाई
भाटो भेटिएन
आफ्नाे हक पाउनलाई
बाटो भेटिएन ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































