साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता र पण्डित

Nepal Telecom ad

समाजका भिन्न दुबै प्रवृत्ति
सम्मान उस्तै अनिवार्य वृत्ति
वेला कुवेला अपमान फेरि
नेता तथा पण्डितको मितेरी ।।

नेता विनाको न त राष्ट्र जुट्छ
विना कुनै पण्डित, कर्म छुट्छ
तथापि गाली तिनमै छ धेर
दुबै विना हुन्न समाज हेर ! ।।

’ऊ भ्रष्ट हो रे कसरी छ नेता
पुरेत बाजे टपरी छ तेता’
यस्तै अनेकौँ मुखबाट छुट्छन्
ढोग्छन् दुबैमा जब सामु पुग्छन् ।।

दुबै थरीको दिनरात काम
सेवा अरूकै घरमा तमाम
बोल्ने दुबैको मुख वृत्ति उस्तै
तार्छन् दुबै लोक दुबै खुलस्तै ।।

यो लोकका जे जति कर्म सारा
नेता विना हुन्न कतै इसारा
त्यो लोकको प्रश्न उठे तुरुन्त
चाहिन्छ नै पण्डित हेर अन्त ।।

के गर्नु गाली जब काज हुन्छ
दुबै विनाको न समाज हुन्छ
नेता जहाँ राष्ट्र त्यहीँ रहन्छ
सत्कर्म झन् पण्डित नै कहन्छ ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x