साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति लाजनीति

Nepal Telecom ad

साथी थियौं शिशु हुँदाहुँदिदेखिका नै
विद्यालयै पनि गयौं अनि साथमा नै
मिल्दा थिए घर दुई परिवार एक
मायाँ दया र ममता रटना अनेक ।।

बिस्तार यौवन चढीकन आउँदामा
हामी दुई पनि विभिन्न दिशा लिंदामा
बाटो पर्यो फरक सोच भएछ भिन्न
त्यो मित्रता पनि भयो अनि छिन्नभिन्न ।।

ती राजनीतितिर मार्ग लिएर लागे
साथीहरू पनि फुटाउन तान्न लागे
नेता बनेर गुरुका पनि माथि बन्दै
चोरेर जाँच पनि पास गरे नपढ्दै ।।

झन् झन् बढीकन चुनाव जितेर आए
यो राज्यकै पनि ठुलै पद बस्न पाए
सेवा म गर्छु त भने तर धाक मात्र
पोसे स्वजाति निज बन्धु र मित्र मात्र ।।

भेटें हिजो महलमा वहुमूल्य गाडी
चम्चाहरू पनि जमात थिए अगाडि
देखे कसो स्मृति भने अझ शेष पाएँ
आऊ भने र सँगमा पनि बस्न पाएँ ।।

एकान्त भो जब भनें किन मित्र के भो
तिम्रो विचार यति तुच्छ कसो गरी भो
आफै कमाउन जुट्यौ जनता भुलेर
यो देश चल्छ कसरी र यसो गरेर ।।

यस्तो सुने जब मुसुक्क गरेर हाँसे
छौ मूर्ख नै अझ भनीकन खूब छाँसे
जोगी हुनाकन गरिन्न नि राजनीति
पैसा भए सकल छोप्तछ लाजनीति ।।

यस्तो सुनें जब फरक्क फिरेर आएँ
निक्कै गुनें तर यही मनले ठमाएँ
जोगी हुने मन भए गर राजनीति
पैसा भएर पनि छोप्छ र लाजनीति ?।।

निःस्वार्थ भैकन परार्थ खटेर गर्नू
सादा खुराक र विचार उचा समात्नू
इन्साफमा सुत र शत्रु समान गर्नू
सक्छौ भने हिंड यहाँ कहिल्यै नडग्नू ।।

बी पी र कृष्ण मनमोहन नित्य सम्झ
टङ्कप्रसाद अनि पुष्कर नाथ सम्झ
गोकर्ण छन् अझ र छन् अघि लालबाबु
सक्छौ भने बन यसै मन राख काबू ।।

मर्दा समेत मनमा पनि शान्ति आओस्
नामै सुनेर पनि आदर भाव जागोस्
बन्दै प्रचण्ड अनि खड्ग कि बाबुराम
साथी नपार यसरी बदनाम नाम ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x