साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोरी माग्न जाँदा

Nepal Telecom ad

समय र परिस्थितिले मानिसको चाहना इच्छा र रूचिलाई आकास र पातालको रूपमा परिवर्तन गरिदिदो रहेछ । जसरी मादल बज्छ त्यसैगरी कम्मर मर्काइ मर्काइ नाँच्न जान्यो भने राम्रो हुन्छ । तर आफ्नै ढंगबाट चल्न खोज्यो भने समयले लात मारेर मानिसलाई जिन्दगीभर उठ्न नसक्नेगरी पछारिदिदो रहेछ । पहिले पहिलेका मानिसहरूले खेतीपातीलाई महत्व दिन्थे । “पढ्यो लेख्यो छैन काम हलोे जोत्यो खायो माम” भन्थे । खेतीपातीलाई महत्व दिन्थे । आप्mना नाताकुटुम्ब गाँस्न खोज्दा जसको जग्गा जमिन धेरै छ । जसका दाजुभाइ कम हुन्छन् । तिनीहरूसँग नाता कुटुम्ब गाँस्दा आफ्नो छोरीचेलीले सुख पाउँछन् । समाजमा उसका मान शान सगौरव रहन्छन् । समाजले कुरा गर्ने नयाँ विषय पाउछन् । छोरी कसलाई दिने भनेर घर सल्लाह गर्ने, हुनेवाला सम्धीको घरको अवस्था के कस्तो छ भनेर पहिले नै अवलोकन गर्ने गर्दथे । जसको जग्गा जमिन धेरै छन् । तिनीहरूका समाजमा मान शान र इज्यत हुन्थे । सबैले वाह वाहको ताली बजाउँथे ।

समय परिस्थिति परिवर्तन हुदै जाँदा जग्गा जमिनको कुरालाई कम महत्व दिन थाले किनभने जग्गा जमिन धेरै भएमा आफ्नो छोरीचलीले धेरै दुख पाउँछन् भन्न लागे किनभने जग्गा जमिन धेरै भयो भने खाने समयसम्म पनि फुर्सद हँुदैन रातोदिन परिश्रम गरे पनि न समयमा खान पाउने न समयमा सुत्न पाउने । सधै परिश्रम ग¥यो, जीउ ज्यान सुकायो, ज्यान बिगा¥यो, जिन्दगी नै धरापमा पा¥यो । भएन बर्वाद ! “बाउन्न घुस्सा त्रिपन्न ठक्कर” भने झैं गोता हैरानी र हण्डर धेरै खेपेपछि बुद्धिमा परिवर्तन आयो आम छोरीचेलीका अभिभावकहरूलाई । त्यसपछि उनीहरूले विचार गरेकि जागिरेलाई छोरीचेली दिएमा सुख पाउँछन् । किनकी धेरै काम पनि गर्न नपर्ने । मान शान र इज्यत पनि रहने । महिनैपिच्छे तनखा आँउछ । मरिहत्ते गरेर झरीबादलमा भिजेर काम पनि गर्न नपर्ने । बसी बसी मिठो मिठो खान र राम्रो लाउन पाइने । त्यो भन्दा राम्रो के होला र ? तर पछिल्लो चरणमा आएर जागिरेको हविगत पनि दिनानुदिन नाजुक बन्दै गयो । किनकी जागिरेको जागिर एकबाट दुई, दुईबाट तीन हूदै बढ्यो । बजारमा महङ्गी एकबाट तीन, तीनबाट नौ हुदै बढ्यो । जागिरले महिनालाई जति कन्जुस गरे पनि पारी पु¥याउन नसकिने भयो । सरकारी कर्मचारीहरू क्रमशः विचरा बन्दै गए । त्यसपछि सरकारी जागिरेलाई छोरीचेली दिने सोचाईमा परिवर्तन भयो ।

“मध्यम जागिर उत्तम व्यापार” भनिन थालियो । त्यसपछि जसले व्यापार गरेका छन् तिनीहरूलाई छोरीचेली दिएमा राम्रो हुन्छ भनेर चेलीबेटीका अभिभावकहरू त्यतातिर पो खनिन थाले । व्यापारी आँएमा आँखा चिम्लेर नयाँ नाता गाँस्न थाले । किनकी महङ्गी बढेको छ । हामीले बढाएको होइन भन्दै नयाँ नयाँ सामानको सतप्रतिशत भन्दा पनि दुगुना मूल्य राखेर बिक्री गरेपनि हुने । खाद्य बस्तु भन्दै अखाद्य बस्तु बेचेपनि हुने । आम उपभोक्ताको स्वास्थ्यको ख्याल कसले गर्छन् र । जसरी हुन्छ पैसा कमाउ ।

आम उपभोक्तालाई कतिन्जेल ढाट्ने र । सबै सचेत भएपछि व्यापारमा पनि खासै प्रगति हुन छाड्यो । अनि अर्को कुरा परिवारलाई समय दिन नभ्याउने भए किनकी तन मन धन सबै व्यापारमा लीन हुन थाले । घरपरिवारलाई समय प्रदान नगरी केवल पैसासँग जीवन साट्न खोजेका कारण जेजति माया ममता स्नेह पाउनु पर्ने अवसरबाट वञ्चित भए । सधै पीर चिन्तामा परे चेलीबेटीहरू ।

अब छोरीचेली दिनुपर्दा के काम गर्ने हो सबै बुझेर दिनुपर्ने भएको छ । जुन केटाको पढाईलेखाई छैन, कुनै जागिरमा दरिएको छैन, जाँड रक्सी धेरै भन्दा धेरै खान्छ, चुरोटबिडी तानिरहन्छ, सपनामा पनि तासजुवाको खालमा बसेको जस्तो गरी बर्बराइरहने खालको केटो खोजेर दिएमा सुख पाउँछ । तपाईले याद गर्नु भएको छ । त्यस्ता महोदयहरूले शानदारका साथ आफ्ना जहान बच्चालाई भरणपोषण गरेका छन् । बजारमा आएका नयाँ नयाँ फेसनका कपडाहरू उनीहरूले नै पहिले लगाउछन् । होटल फेरि फेरिकन लन्च र डिनर गर्छन् । अतिथीको सत्कार गर्नु प¥यो भने उनीहरूका अगाडि अरू कसले पो गर्न सक्लान् र । चौविसै घन्टा फुर्सदिला जस्ता देखिन्छन् तर उनीहरू आय कहाँबाट कति हुन्छ थाहा छैन । तर खर्च गरेको देख्दा नेपालको राष्ट्रपतिको तलवभत्ता पनि चौगुणा आम्दानी हुन्छ जस्तो देखिन्छ । कतै टेण्डर माग भएमा उनीहरूकै हातमा हुन्छ । कुन ठेकेदारलाई टेण्डर पारिदिने हो । कहाँ भ्रष्टाचार भएको छ । त्यसको पोल खुल्ने डरले केही हिस्सा उनीहरूका भागमा पनि पर्दाे रहेछ । आवश्यक परे मार्शलको पनि प्रयोग हँुदोरहेछ । उनीहरूकै छ । धन मान इज्यत र शान पनि यो दुनियामा धन भन्दा ठूलो कुरा के रहेछ र । साथमा गाँठ भएपछि सबै कुरा हुँदो रहेछ । सधै हसिलो रसिलो हुने रहेछ ।

मन्थली– २, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x