साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सक्रियता

Nepal Telecom ad

बेथिति छ अन्याय छ अत्याचार सक्रिय छ
न्याय निसाफ निर्धो भयो हतियार सक्रिय छ ।

नक्कली छन् डाक्टर अनि इन्जिनियरहरू
भ्यायसम्म लुट्नलाइ पत्रकार सक्रिय छ ।

सुतेका छन् लाचार बनि देश हाक्नेहरू
सरकार कै आँखा अघि भ्रष्टाचार सक्रिय छ ।

निदाएका प्रधानमन्त्री बर्बराउँदै थिए–
‘जनताको सेवा गर्न सरकार सक्रिय छ ।’

कसले गर्छ रामराज्यको कल्पना नै त्यहाँ
चोर छाडी साधु थुन्न कारागार सक्रिय छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x