प्रेम ओली ढकलपुरेतिन ठोकान
१.स्वयम्भु
सधै
मिरमिरेलाई चिर्दै
शान्तिको ध्वनि फुक्छ
तर उसको बिकुल
न सिहंदरबार पुग्छ
न बालुवाटार पुग्छ
उल्टो उसलाई सिंहदरवार
भोटे कुकुरले भुक्छ ।
२. हनुमान ढोका
हनुमानलाई ढोकैमा राखेर
कहिले विदेशीलाई
कुमारी देखाउँदै
डलर र भारु झार्छ
कहिले
कुर्सीमा उङ्दै
थोत्रो बन्दुक देखाएर
इतिहासको झारो टार्छ
कहिले
भर्याड भएर
आकासिदै
पर्यटकलाई चढन गाह्रो पार्छ ।
३. बलुवाटार
हरेक साँझ
विदेशी पाहुनासँग
पाँचतारे होटेलमा
रक्सी मासु धुत्छ
राती आएर अबेर
बालुवाटारमै सुत्छ
बिहान उठेर सवेर
सिंहदरबारमा मुत्छ ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































