साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौडामा सिस्नुपानी दिवस

Nepal Telecom ad

सिस्नुपानी नेपाल स्थापना दिवसका अवसरमा हेटौँडामा सिस्नुपानी मकवानपुर र साहित्य सङ्गम मकवानपुरको संयुक्त आयोजनामा आइतबार विशेष हास्यव्यङ्ग्य कार्यक्रम सम्पन्न भएको छ ।

सिस्नुपानी नेपालका केन्द्रिय अध्यक्ष लक्ष्मण गाम्नागे, उपाध्यक्ष तथा जनआन्दोलनका कवि अर्जुन पराजुली, गायक कमलीकान्त भेटवाल, व्यङ्ग्यकार देवी घिमिरे लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको सभाध्यक्ष सिस्नुपानी मकवानपुरका अध्यक्ष गणेश कुमार पौडेल रहेका थिए ।

सशुल्क रु. १ सय को टीकटमा मात्र प्रवेश आज्ञा रहेको उक्त कार्यक्रममा मकवानपुरका आर.सी. रिजाल, देवराज खरेल, देवराज तिवारी, सुवास खनाल, राज कुमार लामिछाने, मिन प्रसाद लामिछाने, पुर्षोत्तम आचार्य, अनिष न्यौपाने भावना, सुनिल गौतम, काल ज्यामी लगायतले रचनावाचन गरेका थिए ।

काठमाडांैबाट आएका लक्ष्मण गाम्नागे, अर्जुन पराजुली लगायतले श्रोता दर्शकलाई पेट मिचिमिचि हँसाएका थिए । कमलीकान्त भेटवालको ‘झम्के गुलेली’ बोलको गीतले सबैलाई नाच्ने वातावरण सिर्जना गरेको थियो । वनस्खन्डी मन्दिर परिसरमा भएको उक्त कार्यक्रमको सञ्चालन देवी घिमिरेले गरेका थिए ।

कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक कृष्ण घिमिरे, समाजसेवी मुक्तिगोविन्द वैद्य, घनश्याम शङ्कर शर्मा, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका फाउन्डर प्रिन्सिपल पुरणबहादुर जोशी लगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x