साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का– १०

Nepal Telecom ad

कछुवा र कमिला गति
यो सरकार र्गियो भने नयाँ सरकार बन्नेछ । गिरेन भने यही सरकार चल्नेछ । यो सरकार र नयाँ सरकारमा धेरै फरक हुनेछ । र, नेपाली जनताको अनुभवका आधारमा यो र नयाँ सरकारमा यस्तो फरक हुनेछ –

– यो सरकार कछुवा गतिको छ, नयाँ सरकार कमिला गतिको हुनेछ । कछुवा सरकारले दालभात खायो, कमिला सरकारले भातदाल खान्छ ।

– यो सरकारले कामभन्दा गफ धेरै गर्यो, नयाँ सरकारले कामभन्दा कुरा धेरै गर्नेछ ।

– यो सरकारले महँगी र कालोबजारी नदेखेजस्तो गर्यो तर नयाँ सरकारले यस्तो काम कुनै हालतमा गर्ने छैन । किनभने, उसले देख्दै देख्दैन ।

– यो सरकारलाई प्रतिपक्षी नभएसरह छ, नयाँ सरकारको प्रतिपक्षी हुनेछ किनभने प्रतिपक्षी नेता ओली हुनेछन् ।

शिलान्यास या सत्यानाश ?
लाख खर्च गरेर भटट उडेर आउनुहुन्छ । आकाशमा कोलाहल गर्दै आउनुहुन्छ । हेलिकप्टर जमिनमा थपक्क बस्छ, उहाँ जुरुक्क उठ्नुहुन्छ । बाहिर निस्कनुहुन्छ । गलामा माला लगाइदिन्छन्, फूलगुच्छा दिन्छन् । माला गलामै राख्नुहुन्छ र फूलको गुच्छा कारिन्दालाई बोकाउनुहुन्छ । त्यसपछि उहाँ लम्कँदा अभिवादनको वर्षा हुन्छ । मुसुक्क हाँसेर एकमुष्ट अभिवादन फर्काउनुहुन्छ । आयोजकहरूले उहाँलाई यसरी बाटो देखाउँछन्, मानाँै उहाँ दृष्टिविहीन हुनुहुन्छ । वरिपरि रमितेको भीड हुन्छ । गन्तव्यमा पुग्नुहुन्छ । त्यहाँ माटो खोस्रेको ठाउँमा बाहुलीले थप खोस्रिनुहुन्छ । फूल चढाउनुहुन्छ । अहा, कति भाग्यमानी ठाउँ यो, उहाँको बाहुलीबाट शिलान्यास हुन्छ । ठूलै हो यो निर्माण कार्य, घटीमा पनि लाखको त हो नै । त्यसपछि फोटो खिचाउनुहुन्छ । जे छ, फोटोमै छ । फोटो देखेपछि कसैले शिलान्यास बुझ्छन्, कसैले खर्चको सत्यानाश । आ–आफ्नो बुझाइ न हो !

त्यसपछि अर्काे महत्त्वपूर्ण काम हुन्छ । झिलीमिली सजाइएको मञ्चमा उक्लनुहुन्छ । लाख खर्च गरेर आइसकेपछि लाख खर्चकै मञ्चमा नबसी हुन्छ ? आसन ग्रहण गर्नुहुन्छ । सानो भीडले ताली ठटाउँछ । सानो भीड किनभने अघिको भीड हेलिकप्टर हेर्नलाई हो, अहिलेको भीड औपचारिकताका लागि । भाषणमा मितव्ययिता गर्न र फजुल खर्च नगर्न उपदेश दिनुहुन्छ । त्यसपछि हतारहतार हेलिकप्टरतर्फ जानुहुन्छ । किनभने, यस्तै काम अन्यत्र पनि भ्याउनुपर्छ । चिन्नु भो उहाँलाई ? हो, उहाँ मन्त्रीजी हुनुहुन्छ । यस्तै काममा व्यस्त हुनुहुन्छ ।

दर्दनाक महोत्सव
नेपालको सबैभन्दा ठूलो र चर्चित महोत्सव हो– संसद् अधिवेशन † महोत्सवमा तीन दर्जन पार्टी र सयौँ नेताका प्रदर्शन कक्ष (स्टल) हुन्छन् । महोत्सव भन्या मेला हो, मेलामा अनेक खेला हुन्छ तर यसमा दर्दनाक खेला पनि हुने भएकाले यसलाई दर्दनाक महोत्सव भनिएको हो । महोत्सवका प्रमुख स्टलका केही आकर्षण ः

कांग्रेस स्टल स् यसमा ‘ओली हटाऊ, देउवा ल्याऊ’ सर्कस प्रदर्शन हुन्छ । बजेट ल्याउन नदिने, सरकारको उछित्तो काढ्ने, सकभर आफूले बैठक अवरोध नगरेर अरूलाई गर्न लगाउने खेल हुनेछ । यो स्टलका सदस्यहरूले सिंहदरबारतिर हेरेर घुटुघुटु थुक निल्र्दै याल काढेको दृश्यले देशवासीलाई ठूलो मनोरञ्जन मिल्नेछ ।

एमाले स्टल : यसमा माधव उपकक्ष र ओली उपकक्ष हुनेछन् । दुइटा उपकक्ष उस्तै देखिए पनि नियालेर हेर्दा फरक हुनेछ । कांग्रेस स्टल र माधव स्टलको उद्देश्य लगभग उस्तै भए पनि प्रदर्शनीमै देखाइहालिने छैन, दर्शकले आशय बुझ् नुपर्नेछ । ओली स्टलमा चाहिँ उखानटुक्का र आश्वासनको भव्य प्रदर्शनी हुनेछ । र, यसको मुख्य आकर्षण ‘एनी हाउ कुर्सी जोगाऊ’ हुनेछ ।

एमाओवादी स्टल : यसले तराजु खेल देखाउने अपेक्षा छ । ओलीतिर लाभको वजन भारी भए ओलीसँगै बस्ने, अर्काे पक्षमा लाभ देखिए उतै जाने खेल हुन सक्छ । यो स्टलको खेलप्रति देशवासीलाई ठूलो रुचि छ । महोत्सवको सुरुआतमै यो स्टलबाट ‘थर्काउनसम्म थर्काऊ, आफूले चाहेको ठाउँमा बजेट खन्याऊ’ नामको दर्दनाक खेल हुनेछ ।

मोर्चा स्टल : यो स्टलमा अनेक उपकक्ष हुनेछन् । स्टलमा ‘लाए अह्राए अनुसारको खेल’ देखाइनेछ । अह्राउनेले जस्तो भन्छ, त्यस्तै खेल प्रदर्शन गरिनेछ । यसले हरेक वर्षको महोत्सवमा ‘बैठक अवरोध’ नामक प्राचीन खेल देखाउने गरेको छ ।

बल्छी स्टल : दर्जनौँ साना पार्टीले बल्छी स्टल राख्नेछन्, जसलाई च्याँखे स्टल पनि भनिन्छ । यसमा छुट्टै खेल देखाइँदैन, अरूको खेलमा च्याँखे थापिन्छ । यिनको खेल असाध्यै मनोरञ्जक हुने विश्वास छ ।

नेपाली श्रेणी
बाबुराम भट्टराईजी ! हेर्नूस् न, देशवासी जो पनि ‘म नेपाली’ भन्छन् । कस्तो लाज नभएकाहरू ! नेपाली को हुन् भनेर परिभाषा गर्नुपर्छ भनेर ठीक कुरा ल्याउनुभो । अनुहारले नेपाली भएर हुन्छ ? अनेक देशका मानिस नेपालीजस्तै देखिन्छन् । नेपाली भाषा बोलेर हुन्छ ? यो भाषा विभिन्न देशमा बोल्छन् । नागरिकताले नेपाली भइन्छ ? विदेशीले पनि झूठो विवरण देखाएर नागरिकता हात पारेका छन् । त्यसो भए को हुन् नेपाली ?

चरित्रका आधारमा नेपाली पहिचान गर्नुपर्छ । निहुँ खोजिरहने, अनेक अत्तो थापेर भाँडभैलो मच्चाउने तपाईंजस्ता नेतामा देश आत्मनिर्भर छ । तपाईंहरू खाँटी नेपाली हो, खाँटी मात्र होइन, ‘क’ श्रेणीकै नेपाली हो । माफ गर्नुहोला है, ‘क’ श्रेणीले तपाईंहरूको अपमान हुन सक्छ, त्यसैले तपाईंहरू विशिष्ट श्रेणी हो । हावादारी सपना बाँड्ने समस्त नेतागण सच्चा नेपाली ! कर्मचारीतन्त्रको टुप्पादेखि फेदसम्मका सबै ‘क’ श्रेणीका नेपाली !

हेर्नूस् न, राज्यबाट केही पाइएला भनेर मुख आँ गर्नेले नेपाली हूँ भनेर बर्बाद गरिरहेछन् । आँ गर्ने मुख नेपाली होइन, आँ गर्ने खल्तीचाहिँ नेपाली हो, जो कहिल्यै भरिँदैन । हुँदा खाने कसरी नेपाली ? हुनेखाने तपाईंहरू पो नेपाली ! स्वदेशमा तपाईंहरूले जसरी पसिना बगाउन छाडेर पसिना बगाउन विदेश जानेले समेत नेपाली हौँ भन्दैछन् । यस्ता गरिबलाई नेपाली मानेपछि नेपाल कसरी धनीको देश बन्छ ?

हुन्छ बाबुरामजी, नेपालीको परिभाषा ल्याउनूस्, श्रेणी पनि छुट्याउनूस् । कुनै श्रेणीमा नपर्नेलाई तिमीहरू नेपाली नै होइनौ भन्दिनूस् । तपाईंको बुद्धिचाहिँ विलक्षण नै हो के !

नेपाल, वैशाख २३, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x