साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भागबण्डा

Nepal Telecom ad

कुरा इतिहासदेखिकै गरौँ होला । बित्थामा हिजोआजको मात्रै गर्दा मेसो हराएर यता न उता पर्नुपर्ला, भनेर सुरुदेखिकै खुरुखुरु गर्दै छु । हाम्रा सरले भन्या पृथ्वीनारायणले थिति बिगारे रे । उबेला ऊ गोर्खामा हुँदा नेपालमा राज्यै राज्ये र राज्यैपिछेका राजैराजा थिए रे । बुढाले कसैलाई मात्रामा मिलाएछन् त कसैलाई जात्रामा सुलाएछन् । अर्काको राज्यमा आफ्नो फौज जबरजस्ती हुलाएछन् र नाइँ नाइँ भन्दाभन्दै आफ्नै राज्यमा मिलाएछन् ।

असत्ती बुढाले बेथिति गर्नाले अहिले हाम्रो यो गति भयो । एउटै मात्र सानु देश नेपालमा बस्नुप¥या छ । बूढाका बुद्धिमा बिर्को नलागेको भए आज अङ्ग्रेजले महान् भारतमा मिलाइसक्या हुन्थ्यो । हामी भारतीय भएर गर्वका साथ बहादुरी देखाइरा हुन्थ्यौँ । नत्र हाम्रै देशमा राज्यै नाथे त हजारौँ हुन्थे । हामी आआफ्नै राज्यका राजा महाराजा या राष्ट्रपति केही न केही पक्कै हुन्थ्यौँ । आज आएर सङ्घीय राज्य चाहियो भनेर पिन्चे रुवाइ कसैले गर्नै पर्ने थिएन ।

“काम कुरो कठैबरी सिंहदरबार सँधैभरि” भए जस्तो मन्त्रीज्यू ! छोड्दिऔँ यो संविधान सभाको शङ्कालु कुरो । समस्याहरूबाट सहज अवतरण हुने मसँग एउटा आइडिया छ । यसलाई लागु गर्न सके जसले जे चाहन्छ, त्यही पूरा हुन्छ । आन्दोलन गरेर मात्र पूरा हुने अभागी आशामुखीका माग आन्दोलनै नगरी अग्रिम पूरा हुन्छन्, जसका लागि उदार हृदय चाहिन्छ ।

बाउले छोराहरूलाई अंशको रूपमा बराबर सम्पत्ति सुम्पेझैँ स्वायत्त राज्यको जायज माग जनतालाई जनही सुम्पनुपर्छ । यसमा कुनै कठिनाइ छैन । रङ्ग, रूप, पेसा, भाषा, भेस, जाति, उचाइ, होचाइ, पुर्खाको थातवास र बस्तीको भौगोलिक बनावट हेरे पुगिहाल्छ । अलि अग्लो थुम्कामा उभिएर यस्सो आँैलाले देखाइदियो । ऊ त्यो खरबारी पूर्व, पिपल्बोट पश्चिम, चौतारा उत्तर र डिलदेखि दख्खिन तेरो राज्य भो । त्यसै गरी पूर्व मेचीका सतारदेखि पश्चिम महाकालीका माझीसम्मलाई हेरिहेरी लिम्बुवान, खम्बुवान, थारुवान, मगराती मिथिल्ला, भोजपुरी, बाहुन, क्षेत्री…. इत्यादि । जातिपिच्छेका दुईसय जति राज्यहरू बनाइदिऊँ । बाँकी रहेका कसैलाई हिमाली, पहाडी, औलाली र लेकाली राज्यहरू केके मिल्छ त्यहीत्यही बनाइदिऊँ । एउटै नाथे देशको हितमा मात्र यत्रा औधि बुद्धिजीवी नेताहरू किन झुत्तिनु ? टुक्रा टुक्रामा भएपछि सबैलाई कुर्सी र पद पनि पुग्छ । “अंश पछि अल्छी छोरो जाँगरिलो” भएझैँ सबैले आआफ्नै राज्य र जनताको भलो गर्छन् । कसैले कसैसँग केही माग्नै पर्दैन । अनि त न जनआन्दोलन र नेपालबन्द । फलाना देशको प्रथम राजा भनेर इतिहासमा नाम लेखिन्छ । क्या मज्जा !

प्रत्येक राज्यका राजा र प्रजाले आफ्ना राज्यको लक्ष्मणरेखा काटेर अर्को राज्यमा जानुपर्दा भिसाको अनिवार्य व्यवस्था गर्नुपर्छ । “एक थोपो पसिना चुहाए पनि आफ्नै माटाका डल्लाँ चुहाउनुपर्छ” भनेझैँ विदेश जाने रहर पनि पूरा हुन्छ र राजस्व पनि बढ्छ । अनि त कर्मचारीलाई पनि मालामाल हुन्छ । घर पर्छ तेह्रथुमको ज्यामिरे, जनकपुरमा जागिर खाँदै हुन्छ । सरुवा नामका रोगले जाजरकोट पु¥याइदिन्छ । घरमा सद्दे आमा दैव लागेर दस वर्षदेखि कुँजिएर बसेकी हुन्छिन् । एउटै देश हुँदा त ऊ घटस्थापनामा हिँडेको टीकाका पर्सिपल्टै पुग्थ्यो । अब धेरै देश भएपछि देशैपिच्छेको भ्रमण गर्दै र भिसा हान्दै जाँदा महिनादिन त मिनिमम लाग्छ । अनि त कर्मचारीले महिनै दिनको बिदा पनि पाउँछ, क्या काइदाको फाइदा हुने भो !

लौ न हजुर ! यो सङ्घीय राज्यचाहिँ कसले कहिले दिने हो ? शुभकार्जेमा ढिला नगरौँ है ! चाँडै गर्नुपर्यो । नत्र आफैं अगि सरेर बाँडीचुँडी लिनुपर्ला है भन्द्याछ नि !

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
0
Would love your thoughts, please comment.x
()
x