प्रदीपरत्न शाक्यअतितको पर्दामा
अतीतको पर्दामा
स्मृति बग्दै गर्दा
मेरी आमा
संधै झैँ
आज पनि भन्दैथ्यो
“यो मेरो देश नेपाल
विश्व शिखर धनी
स्यालुट गर ! ”
आज्ञाकारी म
रीतमा बग्दै थिएँ ।
अचानक
मेरी आमाको गर्व बगैंचामा
गौरवताहरू ढल्दै गरेको देखें ।
लाग्यो मेरी आमा
भट्काईहरूसँग भट्कँदै
मेरो देशको शृङ्गार टिप्न गइछ
म भक्कानिँदै चिच्याएँ, रोएँ
श्रद्धाञ्जलिका किनारबाट ।
मेरा आँसुहरू बगिगए
मलाई यस्तो संदेश छोडेर
तँ यो देशको रक्षक
कर्तब्यको हतियार उठाऊ !
बढ ! देशभक्त ढाल बनी
लगाऊ ! टिका माटोको
शपथहरू मोलेर !
मनमा सैनिक चेतना
लाग्यो
हिजो भन्दा अधिक फुलिरहेछ ।
सायद देखे होला
पुर्खाको बिँडो म भित्र भित्र ।
लागिरह्यो
मेरी आमा
भुइँचालो हेर्दै, हाँस्दै
तस्विरबाट भनिरहेकी छिन्
“मैले सिन्दुरको इज्जत राखेकी छु ।”
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































