साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अतितको पर्दामा

Nepal Telecom ad

अतीतको पर्दामा
स्मृति बग्दै गर्दा
मेरी आमा
संधै झैँ
आज पनि भन्दैथ्यो
“यो मेरो देश नेपाल
विश्व शिखर धनी
स्यालुट गर ! ”
आज्ञाकारी म
रीतमा बग्दै थिएँ ।

अचानक
मेरी आमाको गर्व बगैंचामा
गौरवताहरू ढल्दै गरेको देखें ।
लाग्यो मेरी आमा
भट्काईहरूसँग भट्कँदै
मेरो देशको शृङ्गार टिप्न गइछ
म भक्कानिँदै चिच्याएँ, रोएँ
श्रद्धाञ्जलिका किनारबाट ।

मेरा आँसुहरू बगिगए
मलाई यस्तो संदेश छोडेर
तँ यो देशको रक्षक
कर्तब्यको हतियार उठाऊ !
बढ ! देशभक्त ढाल बनी
लगाऊ ! टिका माटोको
शपथहरू मोलेर !
मनमा सैनिक चेतना
लाग्यो
हिजो भन्दा अधिक फुलिरहेछ ।

सायद देखे होला
पुर्खाको बिँडो म भित्र भित्र ।
लागिरह्यो
मेरी आमा
भुइँचालो हेर्दै, हाँस्दै
तस्विरबाट भनिरहेकी छिन्
“मैले सिन्दुरको इज्जत राखेकी छु ।”

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रङ

रङ

प्रदीपरत्न शाक्य
सुन्दरी

सुन्दरी

प्रदीपरत्न शाक्य
नयाँ सडक

नयाँ सडक

प्रदीपरत्न शाक्य
स्वर्गमा दैत्य

स्वर्गमा दैत्य

प्रदीपरत्न शाक्य
बन्दुकहरू

बन्दुकहरू

प्रदीपरत्न शाक्य
क्रान्ति

क्रान्ति

प्रदीपरत्न शाक्य
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x