साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो भाग्य

Nepal Telecom ad


मेरो भाग्य
ज्योतिषीलाई देखाउँदै
हातहरूमा खोजे
धामिहरूलाई देखाउँदै
पातहरूमा खोजेँ
तर भेटिएन भाग्य
फेरि भाग्य भेटिन्छ कि भनी
मन्दिरहरू रोजेँ
मठहरू रोजेँ
तर कतै किटिएन भाग्य
छुट्यो कि भाग्य
पछाडितिर हेरेँ
छुटेँ कि म
अगाडितिर हेरेँ
तर देखिएन भाग्य
एक दिन महावाणी आयो
तिमी कर्म गर्दै जाऊ
तिमी धर्म गर्दै जाऊ
म खुसीले उफ्रिँदै
मठहरूमा फूलहरू चढाएँ
नभन्दै एक दिन
भाग्यले जम्काभेटमा भन्यो
तिमी त साह्रै भाग्यमानी रहेछौ
त्यसैले भगवान प्यारा भएछौ
तिम्रो पनि जाने बेला भयो
ल हिँड अब अबेला भयो
धन्य ! यो कस्तो दुरभाग्य !

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x