साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्यामप्रसादको राष्ट्रिय अभिनन्दन

Nepal Telecom ad

काठमाडौं, २९ बैशाख । प्रगतिशील लेखक तथा साहित्यकार श्यामप्रसाद शर्माको नागरिक अभिनन्दन गरिएको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनलाई अभिनन्दन गरिएको हो । उनलाई विभिन्न ७५ वटा साहित्यिक संस्थाहरूले अभिनन्दन गरेका छन् ।

प्रगतिशील लेखक सङ्घ, नेपाली लेखक सङ्घ, मदन भण्डारी कला साहित्य फाउन्डेसन, साहित्य सन्ध्या, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, रमेश विकल साहित्य प्रतिष्ठान, नागार्जुन साहित्यिक प्रतिष्ठान लगातले उहाँलाई सम्मान अर्पण गरेका थिए ।

श्यामप्रसाद राष्ट्रिय अभिनन्दन समारोह समितिले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शर्मालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे । अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले श्याम प्रसादलाई नेपाली समाजका आदरणीय गुरु भनेका छन् । उनले पूर्वीय समाज चिन्तन, विचारक र सिर्जनाको थलो भन्दै अब पुरानो गौरवलाई फेरि अगाडि बढाउनुपर्ने बताए ।

त्यसै गरी विशिष्ट अतिथि कुलपति गंगा प्रसाद उप्रेतीले टोपी र सभाध्यक्ष राम विनयले माला लगाएर अभिनन्दन गरेका थिए ।

समारोहमा साहित्यिक, सामाजिक, शैक्षिक एवं प्राज्ञिक ७५ वटा संघसंस्थाहरूले आफ्नो तर्फबाट छुट्टा छुट्टै अभिनन्दन पत्र अर्पण गरेर सम्मान गरेका छन् । अत्यन्त ऐतिहासिक र उदाहरणीय बनेको यस समारोहमा प्रगतिशील एवं लोकतान्त्रिक विभिन्न संघसंस्था र व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा डा.मोदनाथ प्रश्रित, रामविनय, हेमनाथ पौडेल, जगत् उपाध्याय, मातृका पोखरेल, श्रवण मुकारूङ, ईश्वर चन्द्र ज्ञवाली र देवी नेपालले श्यामप्रसादको व्यक्तित्व र कृतित्वका विभिन्न पक्षमा प्रकाश पारेका थिए ।

को हुन् श्यामप्रसाद ?
१९८६ साल असार ७ गते मकवानपुर जिल्लामा जन्मिएका श्यामप्रसाद २००० सालदेखि नै राणा विरोधी आन्दोलनमा सक्रिय थिए । २००४ सालमा नेपाली कांग्रेसको अगुवाइमा भएको सत्याग्रह आन्दोलनमा सक्रिय भएका थिए ।

२००६ सालमा पुष्पलाल लगायतका नेताहरूको सक्रियतामा कम्युनिस्ट पार्टी स्थापना भएपछि उनी त्यसमा आवद्ध भएका थिए । उनले २००९ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । त्यतिबेला उनले कम्युनिस्ट पार्टीको बौद्धिक फाँटको जिम्मेवारी लिएका थिए ।

२०२४ सालमा भूमिगत भएका उनी २०४७ सालमा खुला जीवनमा आएका थिए ।

उनको तँ–तिमी, तपाईं–हजुर चर्चित निबन्ध कृति हो । उनका मेरी आमा, धनीको पनि ओड लिने ?, सबैका लागि घर, उनी कति राम्री ? निबन्ध संग्रह लगायत १ सय भन्दा धेरै कृतिहरू प्रकाशित छन् ।

प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष श्यामप्रसाद अहिले अल्जाइमर्स रोगबाट पीडित छन् । राजनीतिक आन्दोलनका क्रममा उनले धेरै पत्रपत्रिकाको सम्पादन समेत गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x