साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– १८

Nepal Telecom ad

१. धेरै भए
गुरुभन्दा चेला धेरै भए
काम गर्ने छैनन् गोष्ठी र भेला धेरै भए
नायकको अभाव थियो यहाँ
तर खलनायकहरूको प्रदर्शनबीच
व्यर्थ राजनीतिका खेला धेरै भए ।

२. जागिर
यो नपाइन्जेल अलङ्कार
पाएपछि पुरस्कार
हुनुपर्ने परिष्कार
भइरहेछ –बेकार ।

३. राजनीति
फल पाउनेका लागि
राजनीति एउटा नशा हो,
फल नपाउनेका लागि
मन्साएर नमन्सिने
पन्साएर नपन्सिने
साढेसातको दशा हो ।

४. विवाह
आफू खुसीको दरबन्दी
आफ्नै तोकादेशमा
निःशुल्क दर्ता हुने
एउटा निवेदन ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x