वासुदेव पाण्डेयकाठमाडौं
थियो पूर्ण उद्यानझैँ काठमाडौँ ।
भयो युद्ध मैदानझैँ काठमाडौँ ।।
सबै भाग्न थाले डराएर टाढा ।
कठै ! लाग्छ अन्जानझैँ काठमाडौँ ।।
सधैँ जान्छ भूकम्प हल्लिन्छ धर्ती ।
बनेको छ जापानझैँ काठमाडौँ ।।
यताबाट तिर्खा उताबाट भोक ।
मिली बन्छ दोभानझैँ काठमाडौँ ।।
बुढा, बालबच्चा सबै त्राहित्राहि ।
छ एकान्त स्मसानझैँ काठमाडौँ ।।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest






































