साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बगलीमा, छुरा छुपाउनेहरू !

Nepal Telecom ad

म देखिरहेछु बुझ्ने, अनि बुझाउनेहरू
कठपुतली बन्नलाई, आफैं रुचाउनेहरू !

आज पञ्चकन्याको, पूजा गरेर हिँडिरहेछन्
हिजो गर्भपतन् गरी, छोरी तुहाउनेहरू !

मुखमा रामराम भन्नेहरू नै, भएका छन्
आजकल बगलीमा, छुरा छुपाउनेहरू !

यसकारण ‘बाबु’ माथि, प्रश्नचिन्ह खडा छ
छन् कति छन् छोरीको, अस्मिता लुटाउनेहरू !

सिद्ध ९, पोल्याङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x