साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरण्य रोदन

Nepal Telecom ad

फुटेका हामी हौँ गृहकलहमा भासिन पुगी
छिमेकी बोलायौँ छलफल गरायौँ जब झुकी ।
उसैको आज्ञाका वरपर घुम्यो शासन गर्यो
गुहार्दा हामीले वर वर सिमानातिर सर्यो ।।

पुगी दिल्ली नेता धनु सरि झुके ‘त्वम् शरण’मा
परी रोए होलान् अनि शिर पुर्याई चरणमा ।
भने होलान् मेरो पदतिर पुरोस् दृष्टि असल
गरे होलान् बिन्ती हजुर सब लानोस् वन, जल ।।

भने हाम्रा नै हुन् सबतिर गई बुद्ध तिनले
भने हाम्रो नै हो समतल तराई नि तिनले ।
सबै खोलानाला वन जमिनमा गिद्ध नजर
लगाए नेपाली गृहकलहमा मस्त छ तर ।।

बने नेता मन्त्री सब चुप भए मूक जसरी
गुमे सत्ता गर्जे हलचल गरे भाषण गरी ।
न विद्यार्थी उठ्छन् सकल जनता सङ्कट भनी
छिमेकीले हेप्दा टुलुटुलु बसेछन् ऋषि बनी ।।

महाकाली साटे पदसित गरी घात दलले
चुरे बेचे पाई कमिसन ठुलो घोर छलले ।
दुख्यो सुस्ता कैले कति दिन दुख्यो कञ्चनपुर
दुख्यो कालापानी लिपु पनि दुख्यो लक्ष्मणपुर ।।

धुलो माटो दुख्दा हृदय चुककडिने व्यक्ति नहुने
ठुलो दुख्दा सानो विचलित भई को छ र रुने ।
तुलो ढल्काए झन् निडर पसले हुन्छ किन हो
चुलो निभ्दा सत्ता विकल,बहिरो बन्छ किन हो ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x