साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिरस्कृत कलमबाट

Nepal Telecom ad

(२० वर्ष अगाडि लेखिएको कविता)

अरू क्षेत्र सम्मानित हुँदा
साहित्य भएन
योभन्दा ठुलो दुःख
अरू केही लागेन
ठिकै सुनेको रहेछु
भानुभक्तहरू उपेक्षित भएको
देवकोटाहरू पागल भएको
र गोकुल जोशीहरू भोकभोकै मरेको
बिलकुलै साँचो सुनेको रहेछु
आज प्रमाणित भयो
आफ्नै आँखाले देखियो ।
चर्चा चल्यो
शिक्षाको
पत्रकारिताको
खेलकुदको
राजनीतिको
चुनाव र उप चुनावको
सगरमाथाको
र सगरमाथाभन्दा पनि अग्लो
शहीदहरूको गाथाको
योग्यताको
व्यक्तित्वको
चर्चा चल्नैपर्थ्यो, चल्यो
तर कसैले चर्चा गरेन
साहित्यको
स्रष्टाहरूको
योगदानको
कलम र शब्दहरूको
कसैले एक शब्द पनि उच्चारण गरेन
मानौँ साहित्य केही हुँदै हैन
अरू क्षेत्र वाहवाही हुँदा
साहित्यको भएन
योभन्दा गहिरो घाउ
अरू केही लागेन ।
सत्तालाई साहित्य
घाँडो हुन्छ क्यारे !
तगारो हुन्छ क्यारे !
नत्र बारम्बार किन यस्तो हुन्छ ?
सत्ता साहित्यसँग किन डराउँछ ?
प्रतिबध्दता बोकेकाहरू पनि
कुर्सी भेट्टाएपछि
चटक्कै बिर्सिँदारहेछन् साहित्यलाई
रौँ बराबर पनि गन्दारहेनछन्
जब ढल्लान् माथिबाट
भानुभक्तहरूलाई सम्झेर रोलान्
देवकोटाहरूलाई सम्झेर छाती पिट्लान्
गोकुल जोशीहरूलाई सम्झेर चुकचुकाउलान्
र फेरि प्रतिबध्द भएको स्वाङ रच्लान्
बिर्सने क्रम दोहरिएला
तेहरिएला
कैलेसम्म ?
प्रश्न अनुत्तरित छ
अरू क्षेत्रको प्रशंसा हुँदा
साहित्यको भएन
योभन्दा गहिरो चोट
अरू केही लागेन ।

२०५३ माघ १६
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x