साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के लेख्नु यस्तो मान्छेका बारे !

Nepal Telecom ad

यसपालि कुन नेताजीको अभिनन्दन गर्ने होला भनेर विचार गर्दै रहेका बेला अचानक एक जना अनौठो मान्छे फेला पर्यो राजधानीको एक कार्यक्रममा । हेर्दै कच्याककुचुक परेको अनुहार, बटारिएको शरीर, बाङ्गाटिङ्गा हातगोडाहरू । मानिस त्यस्तो, उसका थप विशेषताहरू झन् उस्तै । न बोल्न सक्छ, न हिँड्न सक्छ, न आफ्ना लुगा आफैँ लगाउन सक्छ, न आफ्नै हातले भात खान सक्छ । त्यतिसम्म त उसलाई सहन सकिन्थ्यो तर उसलाई दिसा–पिसाब गराउनेदेखि लुगा लगाइदिने र नुहाउनेसमेत अरूले नै गर्नुपर्छ । यस्तो मान्छेसँग भेट भयो ।

हुन त यस्ता मान्छे यो दुनियाँमा कति होलान् कति तर यो बिलकुल बेग्लै मान्छे । करोडौँ मात्र होइन, अर्बौंमा एउटा मान्छे । राजधानीदेखि टाढा मोफसलमा बस्छ र कविता लेख्छ । कविता पनि यस्ता लेख्छ कि आगो ओकल्ने खालका, मान्छेको मस्तिष्क हल्लाउने खालका, व्यभिचारीहरूको मुटु छेड्ने खालका, समाजका विकृति र विसंगतिलाई निर्दयतापूर्वक चिर्ने खालका, परम्परा, संस्कृति र ग्रामीण जनजीवन सर्लक्कै उत्रिने खालका । भनिगएँ नि, उठ्न, बस्न, हिँड्न, बोल्न र लेख्नसमेत सक्दैन तर पनि कविता लेख्छ । अचम्म !

यो मान्छेलाई भेट्दा कति पीडित र दुस्खी होला यो मान्छे भन्ने जोसुकैलाई लाग्छ । तर, भेट भएपछि थाहा हुन्छ, यस्तो शारीरिक र मानसिक उल्झनमा बाँचिरहेको मान्छे हामी कथित सद्दे जीउज्यान भएका लेखक–कविहरूभन्दा कति ऊर्जावान् छ, कति सकारात्मक र सिर्जनशील छ । ऊ कहिल्यै रुन्चे अनुहार लगाउँदैन, बरू लोभलाग्दो गरी हाँसिरहन्छ । यो विलक्षण कवि आफूलाई सरकारले हेरेन भनेर गुनासो गर्दैन । मेरो उपचार गरिदिएन भनेर रुँदैन । किताब बिक्री भएनन् भनेर गनगन गर्दैन । पुरस्कारका लागि कसैका अगाडि हात थाप्दैन, गिडगिडाउँदैन । यो विचराको कुनै गुट छैन, जसले संसारकै सबैभन्दा ठूलो कवि यही हो भनिदेओस् । कुनै प्रकाशक वा पत्रकार यसका पछाडि लाग्ने कुरै भएन, जसले यसका ठूलठूला तस्बिर राखेर बजारमा होडिङ बोर्ड टाँगिदेओस्, पेजभरिको पोजदार तस्बिर राखेर ठूलठूला राष्ट्रिय दैनिकमा अन्तर्वार्ता लिइदेओस् ।

हातले मात्र होइन, यो मान्छे खुट्टाले पनि लेख्न सक्दैन । फेरि सम्झाउन मन लाग्छ, शरीर अडिँदैन, ढाड सोझिँदैन, मुन्टो थामिँदैन, हात चल्दैनन्, खुट्टा टेकिँदैनन्, बोली बुझिँदैन । तैपनि, कविता लेख्छ, गीत लेख्छ, गजल लेख्छ । बाहिरी आँखाले देख्ने त आँगन र अलिक पर्तिर खेतसम्म हो तर भित्रका तिखा आँखाले छर्लंग देख्छ समाजलाई । तिखातिखा लेखनीका वाणले घोच्छ समाजलाई । स्कुलको अनुहार देखेको छैन तर ऊ आफैंँ एउटा विश्व विद्यालयको स्वरूपमा उठिरहेको छ । घरको कोठाबाट आँगनमा निस्कन पनि उसले कसैको बुइमा चढ्नुपर्छ तर उसले आफ्नाअगाडिको भुइँमा हेरेरै ब्रह्माण्ड देख्छ हृदयले । हृदयले छाम्छ ऊ विश्वलाई । हृदयले सुमसुम्याउँछ ऊ आफ्नी पत्नीलाई, आफ्ना छोराछोरीलाई, शुभचिन्तक र पाठकहरूलाई ।

यस्तो अद्भूत विरलाकोटी मान्छेका कुरा मेरो झटारोमा अटाउने कुरै भएन । त्यसैले इटहरीको एक घरको एक कुनामा बसेर अत्यन्त कठिन प्रसव पीडाका साथ निरन्तर कविता जन्माइरहेको वियोग सापकोटालाई छाडेर पुनस् कुनै गजधम्मे नेताकै अभिनन्दन गर्नेबारे सोच्दैछु अहिले म ।

नेपाल, जेष्ठ ६, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x