साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का– २०

Nepal Telecom ad

बजेट काढौँ, हात चाटौँ
वर्षभरि नभएको काम दुई महिनामा हुन्छ । त्यो चामत्कारिक दुई महिना हो– जेठ र असार । वर्षायाम अर्थात् जेठ–असारलाई राष्ट्रिय मेलमिलाप र विकासको महिना घोषणा गरे हुन्छ । वर्षायाममा धान रोपिन्छ । धान रोप्नु विकास नै हो । बाटो बनाउनु, ढल खन्नु, नदीमा तटबन्ध बनाउनु पनि विकास नै हो । पिच गर्नु झनै आकर्षक विकास हो भने बजेट सक्नुचाहिँ उत्कृष्ट विकास । विकास गर्न बजेट चाहिन्छ । बजेट खर्च नभए कसरी विकास हुन्छ ? त्यसैले यो दुई महिनामा भटाभट खर्च गर्ने हो, खर्च गरेर विकास गर्ने हो ।

वैशाख–जेठ मेलमिलापको महिना पनि हो । वर्षायाम लागेपछि गाउँदेखि केन्द्रसम्मका दसतिर फर्केका दलका नेता पनि ट्याप्प मिल्छन्, च्याप्प बजेट समाउँछन् र फ्याट्टै विकास गरिदिन्छन् । हुन पनि साउन लागेपछि फिर्ता जाने बजेटबाट हतारहतार विकास नगरी भो त ? विकास कार्य भनेको मह काढेजस्तो हो । मह काढ्दा जसरी हात चाटिन्छ, विकास गर्दा पनि त्यसरी नै हात चाट्ने हो । अर्थात्, बजेट काढ्ने हात चाट्ने ! हात चाट्ने काम पनि मिलेर गर्छन् । हात चाट्दै, मुख मिठ्याउँदै असारे विकास गडगडाउँछ अनि एक महिनापछिकै साउने भेलले बगाउँछ । विकासलाई भेलले बगाउनु प्रकृतिको दोष हो । त्यसैले विकास कार्यमा अरूलाई दोष लगाउने र खोट देखाउने काम गर्न हुन्न । यसो गरे हात चाट्ने कार्यमा बिघ्न आउन सक्छ र विकास ठप्प हुन्छ । त्यसैले सर्वदलीय सहमतिमा असारे विकासमार्फत हात चाट्न र बजेट सक्न विलम्ब हुन दिनु हुँदैन ।

दूरदृष्टि
एक सय रुपियाँको नोटको गैँडाले पहिले किन बच्चा पाएन ? अहिले किन पायो ? हजारको नोटको हात्तीले अहिलेसम्म किन बच्चा पाएन ? ल ठीक छ, हात्ती एक्लो भएकाले बच्चा पाएन । पाँच सयको नोटमा जोडी बाघ वर्षौंदेखि सँगै छन् । तिनले चाहिँ किन बच्चा पाएनन् ? ५०, २०, १०, ५ रुपियाँको नोटका वन्यजीवले पनि किन अहिलेसम्म बच्चा पाएनन् ?

समस्या गम्भीर छ र यो समस्यालाई अवसरमा बदल्ने काम थालेको छ सरकारले । बच्चा पाउनु भनेर सरकारले दिएको आदेश अनुसार गैँडाले बच्चा पाइसकेको छ । नपत्याए सय रुपियाँको नयाँ नोट हेर्नुभए हुन्छ । अन्य नोटका वन्यजीवलाई पनि सरकारले बच्चा पाउनू भनेको छ । अब सबैले बच्चा पाउनेछन् ।

यसै पनि प्रधानमन्त्री केपी ओलीले नेपाल र नेपाली अब गरिब भएर बस्न सक्दैनन् भनिसकेका हुन् । उनले त्यसै भनेका होइनन् । नेपालीलाई ठ्याक्कै दोब्बर धनी बनाउने योजना साथमा भएरै भनेका रै’छन् । त्यही योजना अनुसार नोटका वन्यजीवलाई बच्चा पाउन लगाए । जब नोटका सबै वन्यजीवले बच्चा पाउनेछन्, त्यसपछि सरकारले नोटको मूल्य दोब्बर भएको घोषणा गर्नेछ । एक हात्तीवाला नोटको मूल्य हजार, दुई हात्ती भएको नोटको मूल्य दुई हजार । सबै नोटका वन्यजीवले बच्चा पाएपछि हरेक नोटको मूल्य दोब्बर । अनि, नेपाली स्वतस् दोब्बर धनी बन्नेछन् । जय होस्, दूरदृष्टिवाला सरकारको ।

नुन युगबाट सुन युग
अचेल मोटरले नुन ओसार्छ, त्यसैले नुन भरिया हुँदैनन् । हुन्छन् त सुन भरिया मात्र । नुन भरियाले वर्षा र बाढीबाट नुन जोगाउनुपथ्र्यो । अहिलेका भरियाले प्रहरीबाट सुन जोगाउनुपर्छ । नुन बोक्ने युगबाट सुन बोक्ने युगमा आइपुग्यौँ हामी नेपाली ।

प्रगति त गरेकै हो हामीले, मान्नैपर्छ हामीलाई । नेपाल–भारत सीमामा सुन बरामद हुन्छ, उता चिनियाँ नाकामा पनि सुन बरामद हुन्छ । यी दुई देशका नाकालाई सुवर्ण नाका भने पनि भयो । नेपालमा सुन ओइरिएको ओइरियै छ, बरामद हुँदा आना र तोलामा होइन, किलोमा हुन्छ । तैपनि, अधिकांश नेपालीको नाक–कान किन बुच्चै ? भरियाले ओसारेको सुन कहाँ जान्छ ? सरकारले भरिया पक्रेकाले जनताको नाक–कान बुच्चो भएको हो कि ? उता भारतका कतिपय राज्यमा बेहुलीलाई सरकारले नै सुन बाँड्दैछ, नेपालमा भने सुन पक्रँदैछ । सुन भरिया पक्राउ पर्छन्, सुन मालिक पक्राउ पर्दैनन् । ती मालिक पक्कै सुनको दरबारमा बस्छन्, नत्र किन प्रहरीले सबै सुन मालिकलाई पक्रन सक्दैन ? अथवा यसो पनि हुन सक्छ, सुन तस्करीमा कारबाही पनि होस्, सुन आपूर्ति पनि भइरहोस् भनेर सरकारले सुन भरियालाई पक्रने, सुन मालिकलाई नछुने नीति बनाएको हो कि ? यस्तो नीति हो भने पनि सफल भएको छैन । किनभने, जनताको नाक–कान बुच्चै छ ।

नयाँ शक्ति या अन्य कुनै नयाँ पार्टीले ‘नाकामा सुन समातौँ, जनतालाई बाँडौँ’ कार्यक्रम ल्याउनुर्पयो । यसो गरे पार्टी पनि चम्कन्छ, जनताका नाक–कान पनि चम्कन्छन् । अब चम्कने यस्तो बाटोमा लम्कौँ ।

नेपाल, असार ९, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x