साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीद

Nepal Telecom ad

पुलिसको नाम सुन्दै सुराल बिगार्ने
छेरानन्द पनि शहीद भए
प्रजातन्त्र सम्झिदै दाह्रा किट्ने
पन्चानन्द पनि शहीद भए
छेपारीकान्त भाग्दा भाग्दै
डडाल्नामा गोली लागेर शहीद भए
कटुवालकाका आन्दोलन दबाउन
खल्तीमा ‘भाडा’ बोकेकोबोक्यै शहीद भए
जोशी गुरू खटप्वालबाट चियाएर
आन्दोलनको रमाइलो हेर्दाहेर्दै शहीद भए
फलानो पार्टीका कार्यकर्ता
हनुमानभक्त काजी
अंशवण्डाको लडाइँमा
आफ्नै भाइलाई मार्न नसक्ता शहीद भए
ढिस्कानो पार्टीका केन्द्रीय नेता
कामेन्द्र कुमारलाई
छिमेकी महिलासँग सुतिरहेकै अवस्थामा
उनका लोग्नेले दुईटुक्रा पार्दा शहीद भए
यस्ता चित्रविचित्रका शहीदहरूको हुलमा
अल्पमतमा परेर
थिचिएर
किचिएर
गंगालाल र रत्न वान्तवाहरूले
भीमदत्त र सरोज कोइरालाहरूले
गुहार ! गुहार !! भन्दै चिच्याएको सुनेर
मेरो निन्द्रा अचानक भङ्ग भयो
के तपाईँले पनि त्यो चित्कार सुन्नुभयो ??

‘३ न १३’ हास्यव्यङ्ग्य कविता सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x