साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भत्केको सहरमा साँढे

Nepal Telecom ad

जंगलमा भालु, तरकारीमा आलु
निर्माणमा बालु, सीमापारि लालुको
जतिको हुन्छ आनबान शान,
कुनैबेला म त्रिशुले साँढेको पनि यस सहरमा
यस्तै उच्चदर्जाको थियो सम्मान,
म जता हुइँकिन्थेँ
उतै त्यस बेला– मच्चिन्थ्यो खैलाबेला ।
कोही मलाइ हेरी पर्थ््यो जिल्ल– कोही टिल्ल,
मदेखि डराएर सबै भन्थे रामराम,
भुतुक्क भै थचक्क बस्थेँ, गर्थें विश्राम,
बाटो जाम, लाग्थ्यो लामो लाम ।
मेरो रवाफको थिएन कुनै जवाफ
सबै गर्थे ईर्ष्या हेरी मेरो मस्त चाल
जुन पसलेले खान दिएन माल
अर्थात मीठो चनाको दाल
उसको पसलमै पसी मच्चाउँथे बबाल तत्काल,
तर जबदेखि मनपर्दी यस सहरभरि
‘खनिएको छ बाटो’– साँघुरिँदै गएको छ
झनझन जीवन
खाल्डै खाल्डा छन् बर्खे पानी भरेर जताततै
कहाँ कति छ गहिरो खाल्डो लाग्दैन पतै ।
गर्नु पर्ने काम गर्दा ढिलो–सबैतिर हिलैहिलो,
बाटो भएको छ पर्वतीय
कतै ओरालो कतै उकालो कतै भिरालो–
अस्पताल पुग्ने कहिले यसको
र कहिले उसको पालो,
जाउँ त कता जाउँ– खाउँ त के खाउँ ।
पहिले पाउँथेँ ठेटले भरपेटले
अब सुत्न दिँदैन भोकले घ्याम्पे पेटले
कोही यहाँ भात पचाएका छन्
कोई यहाँ बात पचाएका छन्
बुझेर पनि बुझ पचाएर
कोही यहाँ लाज पचाएका छन् ।
अब जनताको हेरेर कोप
उसले यसलाई, यसले उसलाई देखाएर
बहाना खन्याएर भै रहेको छ ढाकछोप ।
कागजमा तामझाम– व्यवहारमा बेकाम छ
खनिएको बाटोमा कहिले मानिस
त कहिले गाडी धडाम छ
हरे ! मेरा लागि यता कुवा, उता खनाइ छ
यो भत्केको शहरमा
सडक निर्माण गर्ने र गराउनेको साँढेजुधाइमा
म साँढेको जीवन बडो दुखदाइ छ ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x