साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा, माटो र देश

Nepal Telecom ad

आवेगको नालीबाट उभाएर, काला लोलाहरू
जति हान्नु छ, मेरै छाती ताकेर हान
चुपचाप सहिदिन्छु,
तर बिन्ती– माटोको छाती किल्चेर
माटोलाई गाली नगर,
देशलाई गाली नगर ।

निश्चय नै घाम फुल्ने भञ्ज्याङहरूमा
कहिलेकाँही तुवाँलोको पर्दा लाग्छ– च्यात्नुपर्छ अध्याँरो
बैगुनी भूकम्पले बाटो बिराउँछ – फेरि उठाउनुपर्छ गजुर
अगेनाको आगै पनि पो चोरिन सक्छ– सल्काउनुपर्छ चिराग

यहाँ त च्यात्नेहरूले कर्तव्यको किताब च्यातेर
उल्टै बनाइरहेछन् कागजको डुङ्गा,
तर किन सोचेनन् ?
कागजको डुङ्गा चढेर तर्न सकिदैन आँसुको भेल !

बरु शङ्काको भीडबाट निस्कौँ
निकालौँ आँखाबाट भ्रमको चश्मा
र हेरौँ, कति सङ्लो छ देश !

यो देश, त्यही शान्त देश हो,
जसले घाम–जूनको निधारबाट जन्मायो बुद्धलाई
र, संसारलाई उज्यालै उज्यालोले नुहाइदियो
यो माटो त्यही उच्च माटो हो
जसलाई विश्वकै शिरमा टोपी बनिरहने सौभाग्य छ,
आमा, यिनै हुन् हाम्री महान् आमा,
जसले ती पुर्खाको छातीमा वीरता जन्माइन्
र, हाम्रो हृदयको सगरमाथा अझ उचाली दिइन् ।

यहाँ देउता बस्ने सुन्दर घरहरू छन्,
मान्छेको आदिम आस्था बस्ने मन्दिर र गुम्बाहरू छन्,
निश्चल हृदय बोकी हिँड्ने झरनाहरू
हावालाई भुईँफूलको सुवास दिने मौसम
जिन्दगीको गीत सिकाउने पाठशालाजस्ता बाटाहरू
सयौँ रङ फक्रेर मग्मगाइरहेका फूलबारीहरू पनि छन्
के यही हैन त हाम्रो पहिचानको नीलो आकाश ?

हो, उम्रियो होला कतै सिस्नुका बोटहरू– ओखेलौँ,
धमिलियो होला कतै समानताको पोखरी– सफा गरौँ,
पुछ्न बाँकी छ कि ? आँसुका धर्सा– पुछौँ,
कि रोप्नै बाँकी छ ? मुस्कानको बिउँ– रोपौँ
चेतनाको हँसियाले काँडाहरू फाडौँ– तर आफ्नै हात नकाटौँ !

सम्झौँ, हाम्रो ओठमा फुल्ने मुस्कान कुन माटोमा उम्रियो ?
हाम्रो परिचयको भारी बोक्ने देश कुन हो ?
कहाँको हो दिनरात नभनेर
हाम्रो फोक्सोमा भरिने अक्सिजनको सुवास ?
कुन हो हाम्रो शिरमा फुलेको गुराँस ?
यी सब भुलेर उल्टै
वचनका तिखा झटारो हान्न सुहाउँछ ?

यदि हान्छौ नै भने
क्रोधको धनुष उचालेर तीखा वाणहरू
जति हान्नु छ, मेरै छाती ताकेर हान
चुपचाप सहिदिन्छु ।
तर बिन्ती, माटोको छाती किल्चेर
माटोलाई गाली नगर,
देशलाई गाली नगर !
किनकि ‘आमा, माटो र देश एउटै हुन् !’

माकादुम– ५, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x