साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रश्न कामरेडलाई

Nepal Telecom ad

प्रिय कामरेड
यौवना रहरमाथि एम्बुस पड्काएर
तन्नेरी सपनामाथि बारुद हानेर
वर्तमानलाई विभत्स पारेर
कुन नव सपना उमार्छौ ?

युवतीको तन्नेरी सुहाग खोसेर
आफैं उभिएको सीमा रेखा कुल्चिएर
आमाको अस्मितामाथि कोर्रा हानेर
कुन स्वाभिमानको पहाड उक्लिन्छौ ?

प्रिय कामरेड
शिशिरको याममा
बेमौसमको वर्षा पार्ने
रातलाई निलेर उजेली जन्माउने
सपना तुहाएर तिमी
कस्तो देशभक्ति अलाप्छौ ?

प्रिय कामरेड !
देशका हाड छाला मासुका बण्डल
टाउका, छाती, खुट्टा तौलेर
कस्तो सभ्यताको स्मारक उभ्याउँछौ ?

घामका किरणहरू ताप्दै गरेका
कलिला शिशुहरू
ज्वानोको झोल पिएर
पग्रिएका स्तनहरू
चुस्ने त्यसै वर्तमानसँग
र गोधुली सन्ध्यामा
गुँडमा फर्किएका मलेवा जोडीहरू
प्रेमिल क्षण खोसिएकाहरू
असमयमै तुहाइएका भ्रुणहरू
ती सबै ब्यूँझिएर
वर्तमानमा तिमीसँग प्रश्न गर्दैछन् ।

प्रिय कामरेड !
हामीले बलिदान गरेको देश
पसिना बगाएको देश
रगत बगाएको देश
किन यति कुरुप ?

केही काम नगरेर बस्नु कसरी यो ज्यान मुढो हो र ?

धनकुटा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x