वासुदेव पाण्डेयपटाक्षेप
आफ्नो चर्चा हरतिर गरी बन्छ नामी ठिमाहा
मिच्छन् सीमा र त ’लिगलिगे’दौड जित्छन् मिचाहा ।
हाम्रो राम्रो नियम नपुगोस् ठान्छ मान्छे निस्शर्त
जो बुझ्दैनन् कलम र कला बस्दछन् निर्णयार्थ ।।
फोका उठ्छन् जल लहरमा फुट्दछन् हो कि मर्छन् ?
बोका राँगा अबुझ पशु हुन् मातृसम्भोग गर्छन् ।
मान्छे आफ्नो प्रखर क्षमता पोख्न खोज्दै छ ठाउँ
मिल्दै मान्छे कुटिल मनका सोच्न थाल्छन् हटाऊँ ।।
पाएँ ठान्छन् मनुज गणले देव पाषाण भेटे
सारङ्गी के मधुरमय त्यो राग छर्ला नरेटे ?
आगो निक्ल्यो चकमक थियो स्वार्थ राखी जुधाए
के टिक्थ्यो खै तिमिर जगमा अंशुमाली उदाए ?
छोप्छौ गल्ती कति दिन तिमी प्राज्ञको खोल ओडी
तिम्रो सत्ता, पद कलुषता शीघ्र जानेछ छोडी ।
गल्तीले नै विचलत गरी मार्छ कुण्ठा जगाई
ब्बाँसा हुन्नन् नृपति वनका बाघ छाला लगाई ।।
छाया सत्ता कति दिन टिक्यो खोज्दछौ फेरि जोरी
देखी हात्ती अबुझ भुसुनाले नखेलोस् सिँगौरी ।
धर्ती फोर्छन् अति मद भए गोरुले डुक्रिएर
चढ्दैनन् है शिखर कहिले भ्यागुता उफ्रिएर ।।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest







































