साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पटाक्षेप

Nepal Telecom ad

आफ्नो चर्चा हरतिर गरी बन्छ नामी ठिमाहा
मिच्छन् सीमा र त ’लिगलिगे’दौड जित्छन् मिचाहा ।
हाम्रो राम्रो नियम नपुगोस् ठान्छ मान्छे निस्शर्त
जो बुझ्दैनन् कलम र कला बस्दछन् निर्णयार्थ ।।

फोका उठ्छन् जल लहरमा फुट्दछन् हो कि मर्छन् ?
बोका राँगा अबुझ पशु हुन् मातृसम्भोग गर्छन् ।
मान्छे आफ्नो प्रखर क्षमता पोख्न खोज्दै छ ठाउँ
मिल्दै मान्छे कुटिल मनका सोच्न थाल्छन् हटाऊँ ।।

पाएँ ठान्छन् मनुज गणले देव पाषाण भेटे
सारङ्गी के मधुरमय त्यो राग छर्ला नरेटे ?
आगो निक्ल्यो चकमक थियो स्वार्थ राखी जुधाए
के टिक्थ्यो खै तिमिर जगमा अंशुमाली उदाए ?

छोप्छौ गल्ती कति दिन तिमी प्राज्ञको खोल ओडी
तिम्रो सत्ता, पद कलुषता शीघ्र जानेछ छोडी ।
गल्तीले नै विचलत गरी मार्छ कुण्ठा जगाई
ब्बाँसा हुन्नन् नृपति वनका बाघ छाला लगाई ।।

छाया सत्ता कति दिन टिक्यो खोज्दछौ फेरि जोरी
देखी हात्ती अबुझ भुसुनाले नखेलोस् सिँगौरी ।
धर्ती फोर्छन् अति मद भए गोरुले डुक्रिएर
चढ्दैनन् है शिखर कहिले भ्यागुता उफ्रिएर ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x