साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अखबार

Nepal Telecom ad

सुरहिन लय तानेर
चिबे चरो झैं चिरबिराइरहन्छ
चिर्बिराउनु सिवाय अखबार
अरु के गर्न सक्छ र ?
कुरुक्षेत्रको साँघुँरो बाइरोडमा
नाके हर्न बजाएर
विवादको घुम्ती
काटिरहेछन् ड्राइभरहरू
चिल्लो मोटरभित्र
सुरक्षित छ झण्डा
र सुरक्षित छन्
झण्डासँग मुस्कुराउँने मुस्कानहरू
ठुँगुलाझैँ गरेर अखवारको सुरु पातोमा
भाले हुन्छन् सरकारी खवरहरू
अखवारको अन्तिम किनारमा
पातझैँ लुग्लुगिएर
उभिन्छन् भुँइका निर्दोष खवरहरू ।
खतराको चील
आकासमा देखिएपछि
कुखुरीले चल्ला छोपेझैँ
झ्यापझुप झुटलाई छोपेर
हरेकदिन अखबार कुर्कुराएर बस्छ
कुर्कुराउनु बाहेक अखबार
अरु के गर्न सक्छ र ?
अस्तित्वको सर्कसमा
बहुधु्रविय डोरीमाथि
लडखराएर हिँड्दैछ सपनाको घाम
अखबार न उद्धारक हुनसक्छ !
गुलियो योजनाको परालमा
उम्रिने विषालु च्याउ
खाँदैछन् निर्दोष जूनतारा
अखबार न उपचार हुनसक्छ !
अनिर्णयको पहिरोमुनि
गुड्दैछ विश्वासको हायस
अखबार न वचाब हुनसक्छ ।
घृणाले उसिनिएको छ मन
अखबार न प्रेमको बगान हुनसक्छ ।
शब्दपुरबाट ओर्लिएर
गंगालाल मलाई सोध्छन्–
बिराउने तर नडराउने
यो अखबारको धर्म हो र ?
नबिराउने, नडराउने
यस्तो कुनै अखबार छ र ?
प्रष्ट पार कवि !
माफियाको नगदी छ्याङ तानेर
अक्षरको तस्करीमा डुब्नुबाहेक
अखबार अरु केही गर्छ र ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लासको सङ्ग्रहालयमा

लासको सङ्ग्रहालयमा

जयन्ता पोखरेल
भिनाजु

भिनाजु

जयन्ता पोखरेल
म हातहरू

म हातहरू

जयन्ता पोखरेल
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x