साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक रुपैयाँ

Nepal Telecom ad

म हिँडदै थिएँ, बजारको पेटीबाट ।

आफ्नै काममा व्यस्त रक्सी पसले आफ्नो पसल अघिल्तिर कोही हिँडेको चाल पाएर अलिक सतर्क भयो । अनि मलाई देख्नासाथ आशालाग्दो भावभङ्गीले मैले उसको पसल क्रस नगरुन्जेलसम्म मलाई हेरिरह्यो र मनमनै कामना ग¥यो– यसले एक बोतल रक्सी किने हुन्थ्यो नि ।

अलिपर पुगेपछि मासु पसलेले मतर्फ हेर्यो । चुपचाप फुर्सदिलो देखिने मासुपसले ठिङ्ग उभिरहेको थियो । आशा ग¥यो, दुईचार किलो मासु किनेर बोहनी गरे पनि हुन्थ्यो नि ।

मैले बाटो काटेँ । पारिपट्टि पुग्नासाथ औषधी पसल आइहाल्यो ।

औषधि पसलेले मलाई हेर्यो र मनमनै इच्छा प्रकट गर्यो, यो बिरामी भएर महङ्गो परीक्षण र उपचार गरे हुन्थ्यो नि ।
अलिपर पुगेँ । एउटा कानुनी केन्द्रमा दुई जना मान्छे टेबलमा उपरखुट्टी लगाएर बसिरहेका थिए ।

एउटाचाहिँले मतिर हेरेर आशा गर्यो, यसलाई ठूलो मुद्दा लागेर म कहाँ आए पनि हुन्थ्यो नि ।

म बाँयातर्फ लागेँ ।

ओठबाट करिब कानसम्म लिपिस्टिक लगाएकी उसले मलाई हेरेर कल्पना गरी, यसको तपस्या भङ्ग गरेर गर्जो टार्न पाए पनि हुन्थ्यो नि ।

म दाँयातर्फ मोडिएँ ।

मैलो स्यान्डो गन्जीमा भुँडी कन्याइरहेको होटेलवाला साहुले मलाई हेरेर इच्छा प्रकट ग¥यो, यसले मेरो होटेलमा टन्न मासु र भात खाए पनि हुन्थ्यो नि ।

दुई दिनदेखि भोको मेरो शरीर रोमाञ्चित भयो, पुलकित भयो र तत्काल दुर्घटनाग्रस्त भयो किनकि मसँग एक रुपियाँ पनि थिएन ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
मानवता

मानवता

लक्ष्मी रिजाल
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x