साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लासको सङ्ग्रहालयमा

प्रिय आफन्त । कुनै दिन म पनि पाउन सक्छु मृत्यु उपहार उपयोगी हुन सक्छ मेरो पनि देह गति र अगतिको पुरानो विश्वास फ्याँकेर चितामा मेरो लास नजलाए के हुन्छ ?

Nepal Telecom ad

जयन्ता पोखरेल :

मुटु ध‌ड्किँदा न हो
अधरमा मुस्कान आउने
रगत बग्दा न हो
अनुहारते रङ पाउने ।

मुर्दा भएपछि
मतै उदा‌ङ्ङ्गि रहेछन्
मान्छेका रहस्यहरु
जिउँदोपन विच्छेद भएपछि
यसै निभ्दा रहेछन्
जिजीविषाका दियाहरु

मुर्दाघरभित्र
पहेंलिएर चुपचाप लडि रहँदा
बेसर्म हुँदा रहेछन् लासहरु
प्रारब्धको अन्त्यहीन यात्रामा
अमरत्व असम्भव छ
आफैमा दर्शनको मोटो किताब रहेछन् लासहरु ।

दागबत्ती पाउनु अधि
तास तात्ने भए ?
स्मृतिबाट नाम हराउनु अघि
साँच्चै !
लास बाँच्ने भए ?
निर्जीवताको सरकार
प्रकृति-
पक्कै चलाउँथ्यो होला
चिहानको राज्यमा
आगोको सत्ता पानी झै सेलाउँथ्यो होला !

कुनै पल
लासको सङ्ग्रहालयमा उभिँदा
चेतना
मसँग संवाद गर्दै थियो र
रसायनको सुरक्षाभित्र
स्कुल हुन सक्दा रहेछन् लासहरु
छायाले झै पछ्‌याइ रहने मृत्यु
कसरी लखेट्ने ? प्रतिरोधको कला
मुर्दाबाट नै सिक्ता रहेछन् लासहरु ।

प्रिय आफन्त ।
कुनै दिन म पनि पाउन सक्छु
मृत्यु उपहार
उपयोगी हुन सक्छ
मेरो पनि देह
गति र अगतिको
पुरानो विश्वास फ्याँकेर
चितामा मेरो लास नजलाए के हुन्छ ?

भ्रमहीन हुनु पर्छ
अब त मान्छेहरु
अक्षरको घाम थुनेर
भूतप्रेतको कथा
नानीहरुलाई नसुनाए के हुन्छ ?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भिनाजु

भिनाजु

जयन्ता पोखरेल
म हातहरू

म हातहरू

जयन्ता पोखरेल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x