साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म हातहरू

हल्ला गर्नेहरू तर्साउँछन् मात्र इमान्दारहरू मलाई अल्झाउँछन् मात्र म दूबो हूँ सधैँ मौलाउने काट मेरा बुट्यानहरू म फेरि पलाउँछु उखेल मेरा जराहरू । सायद, म अस्ताउँछु भन्नेहरू मलाई शीत भन्छन् ।

Nepal Telecom ad

जयन्ता पोखरेल :

असामान्य पहाड
उहिलेबाट अग्लिएपछि
अब वर्तमानमा
विना चुली चुलिएका चोखा कर्महरूले
सुन्दर सपनाहरुलाई
सुन्दर तरङ्गहरू दिन नसकेपछि
सायद,
बुझेर कारिन्दाका व्यवधानहरू
मै उसलाई ‘घुस खा’ भन्छु
भन्नेहरू मलाई राज्य भन्छन्
मैँ हूँ उसलाई हरपल उक्साउने
मैँ हूँ उसलाई भ्रष्ट बनाउने… ।

स्वाभिमान रेटेर कर्महरूमा
छलबल बोकेर ओठहरूमा
जत्तिखेरै
वर्तमानको अन्धधुन्दतामा
मै लाउँछु । मै खान्छु
र मै मोज गर्छु
भन्नेहरू मलाई स्वभाव भन्छन्
मैँ हूँ उसलाई हरपल उक्साउने
मैँ हूँ उसलाई भ्रष्ट बनाउने ।

मूल्यको अस्मिताले छट्पटिँदो
मान्छेका आरामहरू
अपच हुन थालेका सरलताहरू
हजम भइ रहेको आकाङ्क्षाहरू
परिवर्तित जीवनको एक मोडमा
गैरवन्द भएयता
मलाई उसले हाँसे जस्तै हाँस्नुपर्छ
मलाई उसले नाचे जस्तै नाच्नुपर्छ
भन्नेहरू मलाई खरदार्नी भन्छन्
मैँ हूँ उसलाई हरपल कचकचाउने
मैँ हूँ उसलाई भ्रष्टाचारी बनाउने..।

अमूर्त नियत रोपेर
मूर्त उपलब्धिहरूमा
राजभोग गर्न अभ्यस्त
म नियम मान्दिनँ
वेफुर्सद निहुँ टाँसेर परिचयमा
टेबलमुन्तिर टक्राएर खामहरू
सेवा प्रद्धदाताको इमान किन्छु
भन्नेहरू मलाई दुई नम्वर भन्छन्
मैँ हूँ उसलाई आदत बसाउने
मैँ हूँ उसलाई घुस्याहा बनाउने ।

खाँदा सपथ माटोको
चुनावीजङ्ग लड्दाको ऋणहरू
कमिशनको साटोले तिर्छु म
ठेक्कापट्टाका सट्टाहरूमा
शहर टेक्ने रहर गर्छु म
भन्नेहरू मलाई नेता भन्छन्
मैँ हूँ उसलाई टेलिफोन बजाउने
मैँ हूँ उसलाई बैमान बनाउने ।

हल्ला गर्नेहरू तर्साउँछन् मात्र
इमान्दारहरू मलाई अल्झाउँछन् मात्र
म दूबो हूँ सधैँ मौलाउने
काट मेरा बुट्यानहरू
म फेरि पलाउँछु
उखेल मेरा जराहरू
सायद,
म अस्ताउँछु
भन्नेहरू मलाई शीत भन्छन्
न कसैको हातमा आउने… ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लासको सङ्ग्रहालयमा

लासको सङ्ग्रहालयमा

जयन्ता पोखरेल
भिनाजु

भिनाजु

जयन्ता पोखरेल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x