साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधुनिक रामायण

Nepal Telecom ad

रामबहादुर विष्ट वनवास गएको पनि डेढ दशक भैसक्यो । सीताकुमारी विष्टलाई घरमा एक्लै छोडेर वनवास लागेका रामबहादुर विष्ट समस्या र वाध्यतालाई बिर्सदै उतै आनन्दित हुन थाले । {{read_more}}

जब रामबहादुरले नयाँ सीताकुमारी भेटे तपोबनतिरै, खर्चपानी पठाउने काम बाहेक बाँकी समय बिर्सदै गए घरकी सीताकुमारीलाई ।

यता घरमा रामबहादुरले वास्ता गर्न छाडेपछि सीताकुमारीले पनि रावण सिंहसँग पिरती गाँसिन् । उनलाई पनि माया गर्ने रामबहादुरको खाँचो त हुने नै भयो ।

यता रावण सिंहको न लंका छ न त शिंहासन नै । तर सीताकुमारीले रामबहादुरले पठाएको घर खर्च जोहो गरि रावण सिंहलाई घाँटीमा दुईचार तोला सुनको सिक्री बनाइदिएकी छिन् ।

यसपाली अलि ठूलै रकम जम्मा गरेर रथ नै नभए पनि रावण सिंहलाई पल्सर किनेर पल्सरमै आफ्नो चीरहरण गराउने सीताकुमारीको योजना थियो ।

यसपाली सीताकुमारीले रावण सिंहलाई पल्सर किनिदिइन् आफ्नो चीरहरण पनि रावण सिंहबाट गराइन् ।

फेसबुकको मेसेन्जरमा रामबहादुरलाई सीताकुमारीको चीरहरण भएको खवर दिएका छिमेकीसँग रामबहादुर खुब हाँसे । कुचोले बडार्नु पर्ने कसिङ्गर हावाले उडायो भनेर ।

आधुनिक रामायणमा न सीताकुमारीलाई रामबहादुरको चिन्ता र माया छ, न त रामबहादुरलाई सीताकुमारीको ।

रावण सिंहको चरित्रमा पनि परिवर्तन आएको छ । रावण सिंह सीताकुमारीको अपहरणमा परेका छन् ।
जनक कार्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x