साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्रीको ज्वाइँ परिएन

Nepal Telecom ad

सर्वसाधारण परियो  height=
कुनै मन्त्रीको ज्वाँइ परीएन
त्यसैले खास तरकी गरिएन । {{read_more}}

त्यो फकुली मलाई भने पछि हुरुक्क हुन्थी
दुई चार दिन नभेट्दा पनि धुरक्क हुन्थी
त्यो बेला आफैले खास भाउ दिइएन
बाउ मन्त्री होला जस्तो पनि थिएन
उसकी आमाले भगाएर लैजाउ भन्थी
आफैले भगाएर पनि लगिएन
अहिले त उसको बाउ मन्त्री अरे 
आफू त साधारण कर्मचारी परे  
मन्त्री ज्वाँइ परिएन
त्यसैले खास प्रगती गरिएन । 

यहाँ प्रगति गर्न त
के मन्त्रीको ज्वाँई पर्नु पर्छ 
के त मन्त्रिको साला भतिजा हुनुपर्छ 
नभए धर्मपुत्रै भए पनि हुन्छ 
यति भएपछि त्यसलाई कसले छुन्छ ?
न सरकारी टेन्डर हाल्नु पर्छ 
न कुनै ठेकेदारी थाल्नु पर्छ 
ठेकदार ब्यापारी तपाईंकाँ नै आउँछन् 
करोड चहियो कि अरव 
तपाईंलाई भने जति नै थमाउँछन् 
तस्कर पनि आउँछन् 
पुलिस पनि धाउँछन् 
कति कमाउने तपाईं, बोरैबाट थमाउँछन् 
तर आफू
कुनै मन्त्रीको भाइ साला नि परिएन
खास तरक्की नि गरिएन ।

त्यो भगभगे कुमारी पनि
म कहाँ भेट्न खुब आउथी
एक्लै भेटी भनी त 
आइलब यु भन्दै च्याप्प समाउँथी
अहिले उसको बाउ पनि मन्त्रीमा परेछ 
त्यो औँठाछापले नि गजबै गरेछ 
आफू त देशै भरी मन्त्री हुँदा पनि
कुनै मन्त्रीको ज्वाँइ परिएन
खास तरक्की नि गरिएन ।

मन्त्रीको ज्वाँइ भएको भए
कोही सरुवा माग्न आउँथे 
कोही बढुवा माग्न आउँथे 
कसैले बँदेल खुवाउँथे 
कसैले सुकुटी खुवाउँथे 
भन्सार धनसार पुराइदिनेले त 
टन्न नै ढुकुटी खुवाउँथे 
कसैले डिस्को लान्थे, कसैले क्याफे लान्थे 
एन्जीओ आइएन्जीओले विदेशै लान्थे 
आफूलाई नि सानोतिनो राजै मान्थे 
तर आफू कुनै मन्त्रीको ज्वाँइ परिएन
त्यसैले खास तरक्की नि गरिएन ।
दाङ, हाल : काठमाडौं 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x