सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

झोलेनाथ

नेताले देशै बेचे पनि हमरा नेता महान छन् भन्ने झोलेनाथहरु पनि महान छन् रातोलाई रातो भन्न नसक्ने कालोलाई कालो भन्न नसक्ने झोलेनथहरु हरेक पार्टीमा तमाम छन् ।

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

हे झोलेनाथ
तिम्रो आशिक्त देखेर चकित छन् भोलेनाथ
नेताले सु गरिहाल्यो भने पनि मुख थाप्ने
दशैं तिहार आयो भने नेताको मुख ताक्ने
नेताले सिन्को नभाँचे पनि नेता महान
नेताले ह्ड्डी फाल्यो भने कुकुरले जस्तो तानातान
गजबकै छ तिम्रो भक्ति
अनौठो छ तिम्रो आशक्ति
लुच्च्चा नेतालाई लुच्च्चा भन्न नपाइने
भ्रष्ट नेतालाई भ्रष्ट भन्न नपाइने
चोर नेतालाई भगवान ठान्ने
ठग नेतालाई ठग भन्न नजान्ने
जनताले भन्यो भने साँढेले झैं हान्ने
हे झोलेनाथ
यो देखेर चकित छन् भोलेनाथ ।

देशको खोला बेचे पनि हमरा नेता महान छन्
नेताले देशै बेचे पनि हमरा नेता महान छन्
भन्ने झोलेनाथहरु पनि महान छन्
रातोलाई रातो भन्न नसक्ने
कालोलाई कालो भन्न नसक्ने
झोलेनाथहरु हरेक पार्टीमा तमाम छन् ।

मलाई मनमा लागेको कुरो
यी झोलेनाथहरु यस धर्तिमा मात्र यति भक्त होलान् कि
भोलेनाथको संसार पुगे पनि यस्तै होलान्
त्यता पुगेकाहरु कोही खबर पठाउने होलान् ?

०००
घट्टेकुलाे, काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
नेता

नेता

प्रेम ओली ढकलपुरे
मेरो नेताजीको के कुरा

मेरो नेताजीको के कुरा

प्रेम ओली ढकलपुरे