साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुलपतिको नियुक्ति गर्दै उल्लू

“यो त अमानवीय काम हो । राष्ट्रघाती काम हो ।” मेरो चित्त बुझेन । “हो हो हो ।” दाह्रीमा लागेको पानको पीक पुस्दै उसले भन्यो- “यस्तै कामबाट त लक्ष्मी तुरन्त फुरन्त आउँछिन् । बेबकूफ कहिँका ।”

Nepal Telecom ad

योगीश कृष्ण :

उघिल्लो पटकभन्दा यस पटक उल्लूको चालढाल फरक थियो । गालामा मिलाएर काटिएको दाह्री । घाँटीमा सिल्कको गमछा । हातमा महङ्गो खालको चुरोट र मुखमा पान ।

मैले उसलाई पहिले झैँ भक्तिपूर्वक नमस्कार गरेँ । पानको पीक मुखबाट नझरोस् भनेर उसले टाउको आकासतिर उठायो । उल्लूका लागि यो कठिन कर्म थियो । आँखा टेढो पार्दै उसले मलाई तुच्छतापूर्वक हेर्‍यो । मैले उसलाई तीस वर्ष पुरानो सम्पर्क स्मरण गराएपछि केही पयिरचयभाव प्रदर्शन गर्‍यो “अरे भाइ, तिमी पो रहेछौ । अहिले पनि जस्ताको त्यस्तै रहेछौ ।”

उल्लूमा आएको परिवर्तनप्रति चमत्कृत हुँदै मेले कर जोडेँ- “हजुर । यत्रो वर्षदेखि विन्ति गर्दै आएको छु । लक्ष्मीको आर्शीवाद मलाई प्राप्त भए कृतज्ञ हुने थिएँ ।” मैले तीस वर्षअघि फकाउनका लागि भनेको कुरा पुन दोहर्याएँ- “मेरो दिन फिर्‍यो भने हजुरको मूर्ति सबै शैक्षिक संस्थानमा स्थापित गर्न लगाउँछु ।”

उल्लूमा पहिले झैँ नम्रता थिएन- “अरे यार, तिमी के फालतु कुरा गर्दै छौँ । अब म ऊ जमानाको उल्लू थोडै छु । म कुलपति उपकुलपतिको नियुक्त गर्ने हैसियत राख्दछु ।”

सञ्चारमाध्यममा भएका टिका टिप्पणी एवम् कार्यशैली सम्झँदा उल्लूको भनाइ सत्य लाग्यो । यस्ता नियुक्तिका सूत्रधार ऊबाहेक अरु कोही हुनै सक्दैनन् । उल्लूको सफलता र परिवर्तनप्रति आश्चर्यचकित हुँदै म हात जोडेर उभिरहेँ ।

उल्लू मुस्कुरायो- “जुन दिन मलाई मानिसले सिर्फ उल्लू ठान्थे । मेरो कुनै हैसियत छैन । त्यसबेला पनि तिमीले मलाई सम्मान गरेका थियौ । म चाहन्छु कि तुम्हारा कुछ हो जाए ।”

उसको आत्मविश्वास देखेर बल्ल सास आयो- “यस पटक भने केही होला जस्तो छ ।”
“तो फिर, बताओ ।”

मैले बिन्ति बिसाएँ- “हजुर, एक पटक लक्ष्मीको कृपा भए हुन्थ्यो ।”

उल्लू हाँस्यो- “धुत । उल्लू कहिँका । लक्ष्मीजी यस्ता सानातिना काममा थोडै न इन्भल्भ हुनुहुन्छ । म आफै गर्छु । जमाना कहाँ से कहाँ चला गया । तुम वही हो ढाक के तीन पात । एउटा काम गर । कुनै प्रदेश स्रदेशको माग राखेर आन्दोलन चर्काऊ । नेपाली लक्ष्मीको त के कुरा, यसमा युरोपियन युनियनदेखि भारतसम्मको लक्ष्मीको कृपा भइहाल्छ ।”

मैले उसको कुरा बुझिनँ । उसले समझायो- “हेर, यही काम गरेर मानिस कहाँबाट कहाँ पुगिसके । कुनै ज्ञान सीप नभएका र कुनै काम गर्न नसक्ने मानिस अरबौँका मालिक छन् । उता सान र मानको कुरा छाडिदेऊ । देश विदेश जताततै जयजयकार ।”

मेरो अन्यमनस्कता देखेर उसले समझायो- “तिम्रो जातका केही मानिसलाई जम्मा गर । नयाँ राज्य चाहियो भनेर नारा जुलुस लगाऊ । तोडफोड गर । सके दुई चार जनाको ज्यान लिऊ ।”

उसको कुरा सुनेर मेरो सातो गयो- “हजुर । यस्तो ज्यान मार्ने काम त अपराधीको पो हो त ।”

ऊ हाँस्यो- “अरे यार । अपराध सपराध केही हुन्न । गुर्दामा कुबत छ भने जति ज्यान मारे पनि केही हुन्न । पावर भएपछि सात खून माफ हुन्छ यार । कस्ता कस्ता अपराधी सत्तामा छन् । तिमी के चिन्ता गर्छौ ? ठिक छ, सय पचास जनालाई घाइते पार्न वा नाकाबन्दी त गर्न सक्छौ नि ?”

“यो त अमानवीय काम हो । राष्ट्रघाती काम हो ।” मेरो चित्त बुझेन ।

“हो हो हो ।” दाह्रीमा लागेको पानको पीक पुस्दै उसले भन्यो- “यस्तै कामबाट त लक्ष्मी तुरन्त फुरन्त आउँछिन् । बेबकूफ कहिँका ।”

कस्तो दिन आएछ । उल्लूले पनि मलाई बेबकूफ भन्ने । अघिल्लो दुई पटक त लक्ष्मीको कृपा नभए पनि दर्शन त पाइएको थियो । यस पटक त त्यो पनि जुरेन । उल्लूले सहानुभूति देखाउँदै भन्यो- “विचार गर । कुनै दिन फुर्सदमा भेट होला । नयाँ विश्वविद्यालयको कुलपति नियुक्तिको काममा जानु छ ।”

कोट सम्याउँदै उल्लू उड्यो ।

०००
काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x