साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्वाँलाई

मरेको बाँचेको रुँग्नुहुन्छ वजन परैबाट सुँघ्नुहुन्छ दुनियाँको कुनामा पुग्नुहुन्छ कतै झुक्नुहुन्छ कतै थुक्नुहुन्छ कतै भुक्नुहुन्छ अरुले खाइदेला भनेर धेरैतिर ढुक्नुहुन्छ ।

Nepal Telecom ad

होम सुवेदी :

ह्वाँलाई भ्याइनभ्याइ छ
दुनियाँमा ह्वाँको हाइहाइ छ
राम्रै कमाइ छ
राम्रै खेला छ
गतिलो भेला छ
उठ्तीपुठ्तीको बेला हो
ह्वाँलाई भ्याइनभ्याइ छ
राम्रो कमाइ छ ।

हिजो उता उठाउनु भो
आज यता उठाउनु भो
नठान्नू कतै जुठ्याउनु भो
नठान्नू कतै चुठाउनु भो
नठान्नू आफन्तलाई जुटाउनु भो
नठान्नू कतै फुटाउनु भो
यसैले
ह्वाँलाई भ्याइनभ्याई छ
ह्वाँको हाइ हाइ छ ।

झिँगे माछो पक्डनु हुन्छ कतै
झिँगा टिप्नु हुन्छ कतै
स्याउ टिप्नुहुन्छ कतै
अनार टिप्नुहुन्छ कतै
फलेका छन् लटरम्म जताततै
ह्वाँकै हाइहाइ छ
ह्वाँलाई भ्याइनभ्याइ छ ।

मरेको बाँचेको रुँग्नुहुन्छ
वजन परैबाट सुँघ्नुहुन्छ
दुनियाँको कुनामा पुग्नुहुन्छ
कतै झुक्नुहुन्छ
कतै थुक्नुहुन्छ
कतै भुक्नुहुन्छ
अरुले खाइदेला भनेर
धेरैतिर ढुक्नुहुन्छ
निःस्वार्थी देखाउन
भित्रभित्र लुक्नुहुन्छ
ह्वाँकै हाइहाइ छ
ह्वाँलाई भ्याइनभ्याइ छ ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x