साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेल्लो नयाँ वर्ष

यहाँ त कसले के गर्ने ? उल्टो हाम्रो हुर्मत लिन्छ हेर त सुन तस्करी मानव तस्करी मौला’छ तिमीले भनेको क्रान्तिकारी त धन कमाएर बौलाछ महङ्गी, ढिलासुस्ती अनेक छ गडबड मामला सक्छ्यौ भने यो सब हटाऊ मेरो यही छ शुभकामना ।

Nepal Telecom ad

प्रेम ओली ‘ढकलपुरे’ :

हेल्लो नया वर्ष नआउनुथ्यो आइहाल्यौ
तिमीलाई भव्य स्वागत छ
तिमी आउँछ्यौ एउटा साल बढ्छ
त्यो भन्दा नि आउँछ्यौ मेरो आयु घट्छ
तिमी त गर्भमा बसेको भ्रुण जस्तै त हौ न रोक्न मिल्छ
न पर्खाल लाएर तिमीलाई छेक्न मिल्छ ।

बाह्र महिना भयो कि टुप्लुक्क आउँछ्यौ
भन यो पाली मेरो देशको लागि के ल्याउँछ्यौ ?
फेरि उस्तै साल ? जसले न देश बनाउँछ न देश सिङ्गार्छ
फेरि त्यही माल ? जसले देश बनाउने भन्दा झन बिगार्छ ।

नछक्काऊ है चतुर केटाले जस्तो
नढाँट है तिमीले पनि हाम्रो देशको नेताले जस्तो
वर्षौ भयो उन्नति, प्रगति, समृद्धि न देखेको पनि
तिनीहरू कहाँ गए ?

भारत पोइल गएकी चाइनातिर गए ?
कि मलेसिया सिङ्गापुरेहरूको भए ?
यता त खाली शकुनि दुर्योधन चन्डमुन्ड मात्र देखिन्छन्
हैन सधैँ आउँछ भनेका शान्ति लक्ष्मी उन्नति कसरी छेकिन्छन् ?

यो पाली आउँदा केही ल्याउन नसके पनि नयाँ वर्ष
अलिकति विवेक अलिकति चेतना र बुद्धि लिएर आऊ
र हामी सबैलाई हवन, सेवन गराऊ
ताकी हामीमा पनि अब चेत र चेताना आवोस्
जसले यी चन्डमुन्ड रावणहरूलाई भगावस् ।

कति ल्याउँछ्यौ हो खाली घुसखोरी तस्करी भ्रष्टाचारी
सक्छौ भने ल्याउन विकास गर्न सक्ने बहादुर क्रान्तिकारी
यी तस्कर भ्रष्टाचारीलाई त
त्यतै पठाइदेऊ जहाँ फासी दिन मिल्छ
यहाँ त कसले के गर्ने ? उल्टो हाम्रो हुर्मत लिन्छ ।

हेर त सुन तस्करी मानव तस्करी मौला’छ
तिमीले भनेको क्रान्तिकारी त धन कमाएर बौलाछ
महङ्गी, ढिलासुस्ती अनेक छ गडबड मामला
सक्छ्यौ भने यो सब हटाऊ मेरो यही छ शुभकामना ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x