सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हेल्लो नयाँ वर्ष

यहाँ त कसले के गर्ने ? उल्टो हाम्रो हुर्मत लिन्छ हेर त सुन तस्करी मानव तस्करी मौला’छ तिमीले भनेको क्रान्तिकारी त धन कमाएर बौलाछ महङ्गी, ढिलासुस्ती अनेक छ गडबड मामला सक्छ्यौ भने यो सब हटाऊ मेरो यही छ शुभकामना ।

Nepal Telecom ad

प्रेम ओली ‘ढकलपुरे’ :

हेल्लो नया वर्ष नआउनुथ्यो आइहाल्यौ
तिमीलाई भव्य स्वागत छ
तिमी आउँछ्यौ एउटा साल बढ्छ
त्यो भन्दा नि आउँछ्यौ मेरो आयु घट्छ
तिमी त गर्भमा बसेको भ्रुण जस्तै त हौ न रोक्न मिल्छ
न पर्खाल लाएर तिमीलाई छेक्न मिल्छ ।

बाह्र महिना भयो कि टुप्लुक्क आउँछ्यौ
भन यो पाली मेरो देशको लागि के ल्याउँछ्यौ ?
फेरि उस्तै साल ? जसले न देश बनाउँछ न देश सिङ्गार्छ
फेरि त्यही माल ? जसले देश बनाउने भन्दा झन बिगार्छ ।

नछक्काऊ है चतुर केटाले जस्तो
नढाँट है तिमीले पनि हाम्रो देशको नेताले जस्तो
वर्षौ भयो उन्नति, प्रगति, समृद्धि न देखेको पनि
तिनीहरू कहाँ गए ?

भारत पोइल गएकी चाइनातिर गए ?
कि मलेसिया सिङ्गापुरेहरूको भए ?
यता त खाली शकुनि दुर्योधन चन्डमुन्ड मात्र देखिन्छन्
हैन सधैँ आउँछ भनेका शान्ति लक्ष्मी उन्नति कसरी छेकिन्छन् ?

यो पाली आउँदा केही ल्याउन नसके पनि नयाँ वर्ष
अलिकति विवेक अलिकति चेतना र बुद्धि लिएर आऊ
र हामी सबैलाई हवन, सेवन गराऊ
ताकी हामीमा पनि अब चेत र चेताना आवोस्
जसले यी चन्डमुन्ड रावणहरूलाई भगावस् ।

कति ल्याउँछ्यौ हो खाली घुसखोरी तस्करी भ्रष्टाचारी
सक्छौ भने ल्याउन विकास गर्न सक्ने बहादुर क्रान्तिकारी
यी तस्कर भ्रष्टाचारीलाई त
त्यतै पठाइदेऊ जहाँ फासी दिन मिल्छ
यहाँ त कसले के गर्ने ? उल्टो हाम्रो हुर्मत लिन्छ ।

हेर त सुन तस्करी मानव तस्करी मौला’छ
तिमीले भनेको क्रान्तिकारी त धन कमाएर बौलाछ
महङ्गी, ढिलासुस्ती अनेक छ गडबड मामला
सक्छ्यौ भने यो सब हटाऊ मेरो यही छ शुभकामना ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल