सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शुभकामना भनिदिएँ

मिल्थ्यो भाग भने सबै चुप हुने, बौलाउने को थियो हात्तीछाप सबै तुरुन्त कसरी, मौलाउने को थियो सन्कायो नव वर्षले जनहरू, भ्रष्टै बनायो गयो जे पर्ला शुभकामना भनिदिएँ, सम्झेछ भन्ने भयो ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

एकासी नववर्ष झुल्किन गयो, भाग्यो पुरानो असी
बर्सन्छन् शुभकामना हरघडी, हेर्छौं घरैमा बसी
आयो वर्ष नयाँ र मख्ख परियो, पोहोर खै के भयो
जे पर्ला शुभकामना भनिदिएँ, सम्झेछ भन्ने भयो ।१।

आयो रङ्ग घसेर फेरि पनि लौ, घुम्दै छ संवत्सर
के का लागि खुशी मनाइरहनु, के दिन्छ हाम्रो घर
पोहोरै पनि बेसरी गफ दियो, खोकेर टाढा गयो
जे पर्ला शुभकामना भनिदिएँ, सम्झेछ भन्ने भयो ।२।

फुर्कन्थ्यो शुभकामना दिउँ भने, यो फेरि मात्तिन्छ कि
छिर्ला यो दरवारमा यदि भने, गुम्सेर आत्तिन्छ कि
बेसाहा अझ चर्किने छ अब झन्, पोहोर उस्तै भयो
जे पर्ला शुभकामना भनिदिएँ, सम्झेछ भन्ने भयो ।३।

मिल्थ्यो भाग भने सबै चुप हुने, बौलाउने को थियो
हात्तीछाप सबै तुरुन्त कसरी, मौलाउने को थियो
सन्कायो नव वर्षले जनहरू, भ्रष्टै बनायो गयो
जे पर्ला शुभकामना भनिदिएँ, सम्झेछ भन्ने भयो ।४।

सेवाको भरमा प्रतिष्ठित हुने, को हुन्छ मान्छे यहाँ
पैसाको बलमा महान नहुने, को छैन होला कहाँ
अड्ला यो पनि एक साल जसरी, अर्को अडेको थियो
जे पर्ला शुभकामना भनिदिएँ, सम्झेछ भन्ने भयो ।५।

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल
हाँसो र यसका प्रकारहरू

हाँसो र यसका प्रकारहरू

चिरञ्जीवी दाहाल
सालो लिएर जाऔँ

सालो लिएर जाऔँ

चिरञ्जीवी दाहाल
क्लिप्टोमेनिया

क्लिप्टोमेनिया

चिरञ्जीवी दाहाल
परिवर्तन

परिवर्तन

चिरञ्जीवी दाहाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’