साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुभकामना भनिदिएँ

मिल्थ्यो भाग भने सबै चुप हुने, बौलाउने को थियो हात्तीछाप सबै तुरुन्त कसरी, मौलाउने को थियो सन्कायो नव वर्षले जनहरू, भ्रष्टै बनायो गयो जे पर्ला शुभकामना भनिदिएँ, सम्झेछ भन्ने भयो ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

एकासी नववर्ष झुल्किन गयो, भाग्यो पुरानो असी
बर्सन्छन् शुभकामना हरघडी, हेर्छौं घरैमा बसी
आयो वर्ष नयाँ र मख्ख परियो, पोहोर खै के भयो
जे पर्ला शुभकामना भनिदिएँ, सम्झेछ भन्ने भयो ।१।

आयो रङ्ग घसेर फेरि पनि लौ, घुम्दै छ संवत्सर
के का लागि खुशी मनाइरहनु, के दिन्छ हाम्रो घर
पोहोरै पनि बेसरी गफ दियो, खोकेर टाढा गयो
जे पर्ला शुभकामना भनिदिएँ, सम्झेछ भन्ने भयो ।२।

फुर्कन्थ्यो शुभकामना दिउँ भने, यो फेरि मात्तिन्छ कि
छिर्ला यो दरवारमा यदि भने, गुम्सेर आत्तिन्छ कि
बेसाहा अझ चर्किने छ अब झन्, पोहोर उस्तै भयो
जे पर्ला शुभकामना भनिदिएँ, सम्झेछ भन्ने भयो ।३।

मिल्थ्यो भाग भने सबै चुप हुने, बौलाउने को थियो
हात्तीछाप सबै तुरुन्त कसरी, मौलाउने को थियो
सन्कायो नव वर्षले जनहरू, भ्रष्टै बनायो गयो
जे पर्ला शुभकामना भनिदिएँ, सम्झेछ भन्ने भयो ।४।

सेवाको भरमा प्रतिष्ठित हुने, को हुन्छ मान्छे यहाँ
पैसाको बलमा महान नहुने, को छैन होला कहाँ
अड्ला यो पनि एक साल जसरी, अर्को अडेको थियो
जे पर्ला शुभकामना भनिदिएँ, सम्झेछ भन्ने भयो ।५।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x