साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तरवार्ता

राजनैतिक दलका हाइकमाण्डले आफ्ना इच्छा अनुसार आफन्त र धनीमानीलाई समानुपातिक सदस्यता बेच्न पाइञ्जेल संविधानमा भएको यो व्यवस्था जायज छ । तर पार्टीले निश्चित आधार तयार गरेर पारदर्शी ढङ्गले यो वितरण गर्नु पर्छ भनेर बखेडा गरिन्छ भने त्यो सर्वथा नाजायज हुन्छ ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

जागिरको खोजीमा भौँतारिँदै जाँदा पटक पटक अन्तरवार्ता दिइयो । कतै सफल भइएन । सोझो हिसावले नहुने देखे पछि आजित भएर पछिल्लो पटक त मैले यसरी अन्तरवार्ता दिएर आएको छु, मेरो नाम सफल उम्मेदवारमा निस्कन्छ होला त ?
(हजुरहरूको जानकारीको लागि अन्तरवार्तामा मलाइ सोधिएका केही प्रश्नहरू र मैले दिएका उत्तरहरू तल प्रस्तुत गरेको छु ।)

मान्छे मार्नु जायज हो कि नाजायज हो ?
म : त्यसमा दुइटा कुरा हुन्छ सर- असङ्गठित रूपमा मान्छे मार्नु नाजायज हो तर सङ्गठित रुपमा राजनीतिको झण्डा ओढेर मान्छे मार्नु जायज हो, त्यस्तालाई कार्वाही हैन बरू स-सम्मान देशको नेतृत्व प्रदान गर्नु पर्छ । इतिहास साक्षी छ ।

समाजमा देखिने छुवाछुत जायज हो कि नाजायज हो त ?
म : यसमा पनि दुइटा कुरा हुन्छ सर- दलित र तल्लो जात भन्दै कामी दमाइ आदिले छोएको ब्राह्माणहरूले नखानु चैँ नाजायज हो तर कामीले छोएको दमाइले नखानु, दमाइले छोएको सार्कीले नखानु, सार्कीले छोएको गाइनेले नखानु आदि चैँ जायज हो ।

भ्रष्टाचार विरुद्धमा सरकारको वर्तमान एक्सन जायज हो कि नाजायज हो तपाईंको विचारमा ?
म : फेरि पनि मेरो उत्तर उस्तै छ सर । यसमा दुइटा कुरा हुन्छ- सरकारले कर्मचारी, तस्करका भरिया आदि माथि गरेको अनुसन्धान र कार्वाहि जायज हो तर नेता, सांसद, मन्त्री अझ प्रधानमन्त्री माथि पनि अनुसन्धान र कार्वाही गर्ने जुन कुरा उठिरहेको छ, त्यो सर्वथा नाजायज हो । कानुन बनाउने मान्छेलाइ नै कानुन लगाउने, यो हुन सक्दैन ।

राष्ट्रसेवक कर्मचारी एवं शिक्षकहरूले राजनितिमा सक्रिय भएर लाग्नु कतिको जायज हो ?
म : यसमा पनि दुइटा कुरा हुन्छ सर- राजनिति सत्ता गठबन्धन भित्रका राजनैतिक दलहरूसँगको सक्रियता हो भने त्यो जायज छ अन्यथा राष्ट्रसेवकले जनताको सेवा गर्ने हो, शिक्षकले विद्यालयमा गएर पढाउने हो, राजनीति गर्दै हिँड्ने होइन । त्यस्तालाई कार्वाही गर्नुपर्छ ।

संसदमा समानुपातिक कोटा राख्नु कत्तिको जायज हा ?
म : यसमा पनि दुइटा कुरा हुन्छ सर- राजनैतिक दलका हाइकमाण्डले आफ्ना इच्छा अनुसार आफन्त र धनीमानीलाई समानुपातिक सदस्यता बेच्न पाइञ्जेल संविधानमा भएको यो व्यवस्था जायज छ । तर पार्टीले निश्चित आधार तयार गरेर पारदर्शी ढङ्गले यो वितरण गर्नु पर्छ भनेर बखेडा गरिन्छ भने त्यो सर्वथा नाजायज हुन्छ ।

राजनैतिक नेतृत्वलाई जथाभावी गाली गर्ने, खुइल्याउने गरेको पाइन्छ, खासगरि सामाजिक सञ्जालमा, तपाईंको विचारमा यो जायज हो कि नाजायज ?
म : यसमा दुइटा कुरा हुन्छ सर- त्यो राजनैतिक नेतृत्व मैले आस्था राखेको दलको होइन भने यो खवरदारी हो यसो गर्नु जायज छ तर मैले समर्थन गरेको दल र तिनका नेताका विषयमा हो भने त्यो चरित्र हत्या हो, त्यसो गर्नै पाइँदैन, यो नाजायज हो ।

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x