साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्षमा

हरेक पल फूलको देहव्यापार हुन्छ जहाँ पावर मनीले छुन्छ किनकि मान्छेलाई आम मान्छे भन्दा फरक मान्छे हुनु छ र त यहाँ फूलकै सौदा हुन्छ त्यसैले नयाँ वर्षमा फूल उपहार नदिनू मलाई नरमाइलो लाग्छ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

नयाँ वर्षमा फूल उपहार नदिनू
मलाई नरमाइलो लाग्छ ।

फूलहरू हरेक बिहान
दुधले न्वाएका चिसा ढुङ्गाहरूमा चढिन चुँडिन्छन्
उस्को चिसो स्पर्षले फूलको न्यानो कोमलता
बिस्तारै कक्रिंदै जान्छ
ओइलाउँदै जान्छ
परिणाम
फूलहरू फूलबाट फोहर बन्छन्

कुनै गन्धे नालीमा आफलिन्छन्
त्यसैले
नयाँ वर्षमा फूल उपहार नदिनू
मलाई नरमाइलो लाग्छ ।

पिकनिक पार्टी र बर्थडेहरूमा
देवालय र मदिरालयहरूमा
फूलहरू अस्तव्यस्त हुन्छन्
बाँदरहरू टोक्छन् कविहरू नजरले छुन्छन्
आडम्बरीहरू मालाभरि डुब्छन्
साधारणहरू फूलकै सौदा गरेर नेता सामु पुग्छन्
तर
खर्बुजामाथि चुपी झरे पनि
खर्बुजा चुपीमाथि झरे पनि
काटिने त खर्बुजै हो
त्यसैले
नयाँ वर्षमा फूल उपहार नदिनू
मलाई नरमाइलो लाग्छ ।

गुराँस हेर्न डाँडा चढ्नेहरू वशाख छउन्जेल मात्रै हो
फूलको मादकता र मोहकता
जवानी रहुन्जेल मात्रै हो
बारी कान्लाबाट उठाएर
चीसा ढुङ्गा र बिलासी गर्धनहरूमा लुटाएर
हरेक पल फूलको देहव्यापार हुन्छ
जहाँ पावर मनीले छुन्छ
किनकि मान्छेलाई
आम मान्छे भन्दा फरक मान्छे हुनु छ
र त यहाँ फूलकै सौदा हुन्छ
त्यसैले
नयाँ वर्षमा फूल उपहार नदिनू
मलाई नरमाइलो लाग्छ ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x