प्रेम ओली ढकलपुरेघुस प्रेमी
घुस पुर्याउन सकिएन भने हाकिमहरूले ठुल्ठुला आँखाले तर्छन् जसले घुस लिँदैन त्यसको त सरुवा गरेको गरै गर्छन् त्यसैले टनका टन घुस खाने हो माथि माथिसम्म त्यो घुस लाने हो अनि भन्नुस् न कुन शाखामा जाने हो ?

प्रेम ओली ढकलपुरे :
बिहान पनि घुसै खान्छु
साँझ पनि घुसै खान्छु
के बयान गर्नु भट्टीको जुसको
त्यो पनि हुन्छ कुनै घुसको
मलाई बरु भात न भए पनि हुन्छ
मासु न भए नि हुन्छ
तर घुस जसरी चाहिन्छ
घुस आयो भने त रातको बाह्र बजे पनि उठेर खाइन्छ
अरु तीजमा दह्रो दह्रो खान्छन्
आफुले त्यो बेला पनि घुस नै दरो बजाइन्छ
यो भएन भने निद्रै लाग्दैन
राति सुँघाउनकै लागि पनि अलिकति घुसै चाहिन्छ ।
ड्रगिस्टलाई ड्रग नपाउदा के गाह्रो हुन्छ
जो घुस नपाउँदा आफुलाई साह्रो हुन्छ
घुस खान पाइनँ भने भोग तिर्खा सब हराउँछ
घुस दिन नमान्नेको त फाइल दर्ता चलानी सब हराउँछ ।
एक दुई दिन घुस खान पाइेएन भने त
मान्छे नै कुटुकुटु लाग्छ
घुस खान नजान्ने कर्मचारी देख्दा
अफिसमै ल्याएर चुटुचुटु लाग्छ
यो घुस फेरी एक्लै खान पाउने नि होइन
हाकिमदेखि मन्त्रीसम्म पुर्याउनु पर्छ
घुस खान तेत्ती सजिलो नि कहाँ छ र ?
दुई चार हजार खान कम्ती दिमाग फुराउनु पर्छ
फेरी खाँदा पनि अख्तियार कति डर छ
ती पनि हाम्रै साथी हुन त्यती त भर छ ।
घुस पुर्याउन सकिएन भने
हाकिमहरूले ठुल्ठुला आँखाले तर्छन्
जसले घुस लिँदैन त्यसको त सरुवा गरेको गरै गर्छन्
त्यसैले टनका टन घुस खाने हो
माथि माथिसम्म त्यो घुस लाने हो
अनि भन्नुस् न कुन शाखामा जाने हो ?
खाँदा खाँदा यस्तो लत बसे छ कि
आफ्नै काम गर्दा पनि घुस चाहिन्छ
ठुलो चिन्ताको कुरो त आफूलाई
यो जागिर सकियो भने घुस कसरी पो पाइन्छ ?
०००
घट्टेकुलो, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest

































