साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बरु भ्यालेन्टाइम्सै मनाइनँ

मेरो लागि मरेहत्ते भन्दा नि भन कति दाम खर्च गर्छौ ? त्यसैले यो पालीको भ्यालेन्टाइनमा गुलब फूललाई एउटा सुनको चेन चाहिन्छ नत्र सित्तैमा यो माया कहाँ पाइन्छ ?

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

एउटीलाई यसपाली भ्यालेन्टाइन मनाउन बोलाको
तर ती भ्यालेन्टिनाले त यस्तो कलम पो चलाको
प्रिय तिमीसित
भ्यालेन्टाइन मनाउन त आउँछु
तर मेरो एउटा सर्त छ
यो पाली मलाई रोज दिँदा
खाली फूल मात्र हैन
फूलमा मोबाइलको गमला चाहिन्छ
हाम्रो हजुरले जस्तो एक सर्को बिँडीमा
अहिले त कहाँ माया पाइन्छ ?

आफूले त यस्तो प्रेमी बनाउने हो
सात दिन सात रात भ्यालेन्टाइन मनाउने हो
एक दिन बर्गर बियर खाइन्छ
आर्को दिन पिजा र रम लाइन्छ
आफूलाई भ्यालेन्टाइन मनाउन
फूलले मात्र कहाँ हुन्छ र
फूल साथै थरीथरीका कपडा चाहिन्छ
हजुर आमाको जस्तो एक खिल्ली चुरोटमा
यो जमानामा कहाँ माया पाइन्छ ?

आफूले त यो वर्ष सात दिन एउटासँग
भव्य भ्यालेन्टाइम्स मनाउने हो
अर्को वर्ष अर्कै प्रेमी बनाउने हो
त्यो जमाना थ्यो सात दिनलाई हैन
सात जनमलाई मायापिरिम चल्थ्यो
तर यो नयाँ जमाना हो
अब त मायापिरम सात दिनमै ढल्छ
एउटा प्रेमीसित को जीवन भरी चल्छ ?

बरु भन तिमी कति कमाउने गर्छौ
मेरो लागि मरेहत्ते भन्दा नि
भन कति दाम खर्च गर्छौ ?

त्यसैले यो पालीको भ्यालेन्टाइनमा
गुलब फूललाई एउटा सुनको चेन चाहिन्छ
नत्र सित्तैमा यो माया कहाँ पाइन्छ ?

यति खबर पाएपछि उनलाई
मेरी भ्यालेन्टिना बनाइन
यस्तो मन्दीमा कसले खर्च गर्छ ?
बरु भ्यालेन्टाइम्सै मनाइनँ ।

०००
घट्टेकुलो, काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x