फित्काैली डटकमप्रेम दिवसमा स्रष्टाले घन्काए प्रेमिल कविता
डा.उदयराज शर्माको प्रमुख आतिथ्य गरेको उक्त कार्यक्रम क्लब अध्यक्ष इन्दिरा पराजुलीको सभापतित्वमा भएको थियो ।

काठमाडौंं, २०८० फागुन २ । रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले प्रेम दिवसको अवसरमा भव्य साहित्य कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा दुई दर्जन भन्दा बढी स्रष्टाहरूले अग्रगामी भूमिका निर्वाह गरेका थिए । प्रेमिल गीत, गजल, मुक्तक, तथा कविताहरूमा हास्य रसले कार्यक्रमलाई स्वादिष्ट बनाइएको थियो । डा.उदयराज शर्माको प्रमुख आतिथ्य गरेको उक्त कार्यक्रम क्लब अध्यक्ष इन्दिरा पराजुलीको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा डा. बमबहादुर जिताली, डा.कृष्णप्रसाद भट्टराई, थरेन्द्र बराल, दिलिप श्रेष्ठ, रुद्र अधिकारी, थरेन्द्र बराल, चन्द्रकला शाह, द्वारिका कुइँकेल, उदय दास, ललिता दोषी, सागरनिधि तिवारी, भोजबहादुर शाह, गोपेन्द्र रिजाल, भुवन सिवाकोटी, मदन नेपाल, विष्णु थापा, बद्री उप्रेती, रबिन्द्र नेपाल, सम्झना पोखरेल,
ईन्द्रशेखर खड्का, केरा अर्याल, रबिन्द्र आशिस शैली, प्रेती कौर, टेकबहादुर लौडारी, सुनिता शर्मा, लव खड्का, नम्रता उप्रेती, रश्मी रिमाल, टि एन विश्वामित्र, आदि दुई दर्जन स्रष्टाहरूले रचना वाचन गरेका थिए ।
सहभागी सबै अतिथि स्रष्टाहरूलाई रोटरी स्रष्टा सम्मान पत्र पनि प्रदान गरिएको थियो । कार्यक्रम संयोजक प्रेम वली ढकलपुरेले स्वागत मन्तव्य दिएका थिए भने सिस्नु पानीका सदस्य चक्र दवाडीले दम्दार तथा रमाइलो उदघोषण गरेका थिए । उक्त कार्यक्रम निकै रोचक, उत्साही र आनन्दपूर्ण रहेको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest







































