साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजकर्णिकारलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ’ सम्मान

विगतमा जस्ताे वसन्त पञ्चमीमा एक प्रेस विज्ञप्ति जारी गर्दै ‘पवित्रा ढकाल स्मृति कोष’ ले राजकर्णिकारलाई उक्त पुरस्कार समर्पण गर्ने निर्णय गरेकाे हाे।

Nepal Telecom ad

काठमाडाैं, २०८० फागुन ३ । ‘पवित्रा ढकाल स्मृति कोष’ ले वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई यस वर्षको ‘प्रतीक ढकाल नियात्रा सौरभ’ पुरस्कार समर्पण गर्ने भएकाे छ।

नेपाली नियात्रा साहित्यमाअमूल्य याेगदान पुर्‍याएकाेमा उनलाई सम्मानस्वरूप साे पुरस्कार समर्पण गरिने भएकाे हाे।

विगतमा जस्ताे वसन्त पञ्चमीमा एक प्रेस विज्ञप्ति जारी गर्दै ‘पवित्रा ढकाल स्मृति कोष’ ले राजकर्णिकारलाई उक्त पुरस्कार समर्पण गर्ने निर्णय गरेकाे हाे।

पवित्रा ढकाल स्मृति काेषले वसन्त पञ्चमीमा घाेषणा गरेर अर्को वर्षको जेठ १३ गते नियात्रा विधाका कीर्तिमानी स्रष्टाहरूलाई पुरस्कृत गर्दै आएकाे छ।

२०७५ सालको श्रीपञ्चमीमा यो स्मृति कोषको स्थापना गरिएपछि २०७६ सालमा नेपाली नियात्राका शिखर पुरुष डा. तारानाथ शर्मालाई, २०७७ सालमा शताब्दी वाङमय पुरुष डा. सत्यमोहन जोशीलाई, २०७८ सालमा नेपाली नियात्राका एक मानक देविचन्द्र श्रेष्ठलाई, २०७९ सालमा नेपाली नियात्राका कुशल शिल्पी भुवनहरि सिग्देललाई र पाँचौं पटकको पुरस्कार प्रवासमा रहेर नेपाली नियात्रा साहित्यप्रति समर्पित संगठक स्रष्टा गीता खत्रीलाई समर्पण गरिसकेको र यही क्रममा २०८१ को पुरस्कार राजकर्णिकारलाई समर्पण गर्ने पुरस्कार छनौट उपसमितिका सदस्य सचिव भवानी खतिवडा र संयोजक महेश पौड्यालकाे हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

प्रत्येक वर्ष जेठ १३ गते सम्मानित हुने स्रष्टाको घरदैलोमै गएर सादर अभिनन्दन गर्ने कोषको प्रचलन रहे पनि यस वर्षदेखि पुरस्कारको व्यवस्थापन पर्वतीय साहित्य समाज नेपालले गर्ने र पुरस्कार संस्थापक कोषको नाम पनि अबदेखि नेपाल सरकारमा दर्ता भएबमोजिम नै जयन्ता–पवित्रा ढकाल स्मृतिकोष प्रचलनमा ल्याउने निर्णय लिइएको छ।

नेपाली यात्रा साहित्यमा असाधारण योगदान पुर्‍याएका नियात्राकार राजकर्णिकारका देश प्रदेशको भ्रमण (२०३४), विदेशको यात्रा: स्वदेशको सम्झना (२०३७), बौद्ध तीर्थयात्रा: नालान्दादेखि लुम्बिनीसम्म (२०६०), यात्रा अमेरिकाको माया नेपालको (२०६९), यात्राको लहरीमा हिउँफूलकी रानी (२०७४), घामै प्यारो आमै प्यारो (२०७७) जस्ता दर्जनाैं नियात्रा कृति प्रकाशित छन्। उनको लेखनमाथि विद्यावारिधि समेत भइसकेको छ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x